Advertisement

जीर्ण भवनमा सञ्चालन भइरहेको भवानी माविको माननीय ऐन महरद्वारा अनुगमन

Advertisement

बझाङ : बझाङ जिल्लाको थलारा गाउँपालिका ७ माडुकाट्नेमा रहेको भवानी माध्यमिक विद्यालयको अवस्था निकै दयनीय बनेको छ । केही वर्षअघि गएको भूकम्पले क्षतिग्रस्त बनाएको जीर्ण भवनमै बसेर यहाँका विद्यार्थीहरू पठनपाठन गर्न बाध्य भएका छन् ।

कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा करिब चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर सुरक्षित र व्यवस्थित भवनको अभावका कारण विद्यार्थीहरूले जोखिमपूर्ण वातावरणमै पढ्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

भूकम्पपछि भवनमा चिरा परेका कारण विद्यालयको संरचना कमजोर बन्दै गएको छ । वर्षायाममा पानी चुहिने र भवन भत्किने जोखिमका कारण विद्यार्थी तथा शिक्षकहरू त्रासपूर्ण वातावरणमै पठनपाठन सञ्चालन गरिरहेका छन् ।

यसैबीच बझाङका माननीय ऐन महर ले विद्यालयको जीर्ण भवनको अनुगमन गरेका छन् । निर्वाचन जितेपछि जिल्लाका विभिन्न समस्या नजिकबाट बुझ्न गाउँगाउँ पुग्ने क्रममा उनले भवानी माध्यमिक विद्यालयको अवस्था पनि अवलोकन गरेका थिए ।

स्थानीयवासी तथा अभिभावकहरूले विद्यालय भवन निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म ठोस पहल नभएको गुनासो गरेका छन् । सुरक्षित भवन निर्माण गरी विद्यार्थीलाई सहज वातावरणमा शिक्षा लिन पाउने व्यवस्था गर्न उनीहरूले माग गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज