Advertisement

अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

Advertisement

सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी एक किशोरीलाई नग्न भिडियोको डर देखाएर विगत ४ वर्षदेखि निरन्तर बलात्कार र ब्ल्याकमेल गर्दै आएको घटना सार्वजनिक भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १, कृष्णमन्दिरस्थित डेरा गरी बस्ने ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले पीडित किशोरीको जाहेरीका आधारमा प्रतिवादी शाहीविरुद्ध १० वर्षसम्मको कैद सजाय र भारी जरिबाना माग गर्दै मुद्दा दायर गरेको हो।

अभियोग पत्रमा उल्लेख भएअनुसार पीडित र पीडकबीच वि.सं. २०७६ सालतिर सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जरमार्फत चिनजान भएको थियो। सामान्य कुराकानीबाट सुरू भएको यो चिनजान बिस्तारै बाक्लो बन्दै गयो। घटनाको सुरुवात २०७८ सालको भदौ महिनाबाट भएको देखिन्छ। त्यसबेला पीडित किशोरी जम्मा १४ वर्षकी थिइन् र कक्षा ८ मा अध्ययनरत थिइन्। शाहीले ‘अति जरुरी काम छ’ भन्दै कैलालीको टीकापुरस्थित आफ्नो डेरामा ती नाबालिकालाई बोलाएका थिए। आफूलाई भेट्न आएकी ती अबोध बालिकालाई शाहीले कोठाभित्र थुनेर पहिलोपटक इच्छाविपरीत बलात्कार गरेका थिए।

नग्न भिडियो बनाएर निरन्तर ब्ल्याकमेल
पहिलोपटक बलात्कारपछि शाहीले किशोरीको नग्न तस्बिर र भिडियोसमेत खिचेका थिए। त्यसपछि सुरू भएको थियो- ब्ल्याकमेलिङ। ‘कसैलाई भनिस् भने यो भिडियो र फोटो सोसल मिडियामा भाइरल बनाइदिन्छु’ भन्दै शाहीले ती किशोरीलाई निरन्तर धम्क्याउन थाले। आफ्नो बेइज्जत हुने र परिवारले थाहा पाउने डरले ती किशोरीले उक्त घटना कसैलाई भन्न सकिनन्। यही डरको फाइदा उठाउँदै शाहीले ती किशोरीलाई पटक-पटक आफ्नो कोठामा बोलाएर शारीरिक शोषण गर्दै आए। समय बित्दै जाँदा पीडित किशोरी १० कक्षा पास गरेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगिन। काठमाडौंको एउटा कलेजमा अध्ययनरत छिन् उनि। तर, पीडक शाहीले उनलाई काठमाडौंसम्मै पछ्याउन छाडेनन्।

काठमाडौं आएपछि पनि शाहीले पुरानै नग्न भिडियो र फोटो देखाउँदै ‘तेरो फोटो सोसल मिडियामा हालिदिन्छु’ भन्दै धम्क्याउन थाले। डिल्लीबजार र पछि थापाथलीस्थित पीडितको डेरामा समेत गएर शाहीले डरत्रास देखाई बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ। अन्तिम पटक मिति २०८२ माघ ८ गते बेलुकी ७ बजे थापाथलीस्थित डेरामा आएर शाहीले ढोका बन्द गरी किशोरीमाथि बलात्कार गरेका थिए।
यसरी पर्दाफास भयो घटना
वर्षौंसम्मको शारीरिक र मानसिक यातना सहन नसकेर किशोरीले जब शाहीसँग सम्पर्कविहीन हुन खोजिन् र भेट्न अस्वीकार गरिन्, तब क्रुद्ध भएका शाहीले किशोरीका आफन्तलाई भिडियो पठाउन थाले। अभियोग पत्रमा उल्लेख भएअनुसार, प्रतिवादीले पीडितकी फुपू र दाइको टिकटक तथा म्यासेन्जरमा ती नग्न तस्बिर र भिडियोहरू पठाइदिएका थिए। साथै, म्यासेन्जरमा अङ्ग्रेजी रोमनमा स्पष्टसँग ‘जस्ट सेक्स गर्न मन लागेको हो मलाई।।। भिडियो म्यासेज सब देखाइदिन्छु।।। दुर्गन्धित कुराहरू सबै लिएर पठाउँछु अब के हुँदोरहेछ हेर’ जस्ता धम्कीपूर्ण म्यासेजहरू पठाएका थिए। परिवारका सदस्यहरूले यी कुराहरू देखेपछि मात्रै किशोरीले आफूमाथि ४ वर्षदेखि भइरहेको ब्ल्याकमेल र बलात्कारको सम्पूर्ण कहालीलाग्दो वृत्तान्त परिवारलाई सुनाएकी थिइन्। त्यसपछि परिवारकै सहयोगमा प्रहरीमा जाहेरी परेको थियो।
प्रहरीलाई नै टोकेर भाग्ने प्रयास
जाहेरी परेपछि प्रहरी वृत्त सिंहदरबारको टोली मिति २०८२ फागुन १ गते बेलुकी ५ बजेतिर शाहीलाई पक्राउ गर्न पीडितकै कोठामा पुगेको थियो। प्रहरीले आफ्नो परिचय दिई नियन्त्रणमा लिन खोज्दा प्रतिवादी शाहीले प्रहरीलाई नै अपशब्द प्रयोग गर्दै हातपात गरेका थिए। उनले अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीको दायाँ हातको हत्केलामा दाँतले टोकेर लछारपछार गर्दै भाग्ने प्रयास गरेका थिए। भाग्ने क्रममा लडेर उनको बायाँ हातमा समेत चोट लागेको थियो। घाइते प्रहरीको टेकु अस्पतालमा उपचार गरिएको थियो।
कानुनी मागदावीस् १० वर्षसम्म कैद माग
अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी टेकेन्द्र शाहीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) विपरीत बलात्कारको कसुर गरेको ठहर गर्दै अभियोग पत्र दायर गरेको छ। घटना सुरू हुँदा (२०७८ सालमा) पीडित बालिका १४ वर्षकी मात्रै रहेको र कानुनअनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग मञ्जुरीमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई ‘बलात्कार’ मानिने कानुनी व्यवस्था छ।
अदालतमा पेश गरिएको कागजातअनुसार वारदातको अन्तिम समयमा पीडितको उमेर १८ वर्ष ५ महिना २९ दिन पुगेको देखिए पनि अपराध निरन्तरतामा रहेको र सुरुमा नाबालिका रहेको अवस्थालाई मध्यनजर गर्दै अपराध संहिताको दफा २१९ (३) को (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको कैद सजाय माग गरिएको छ। यसका साथै, दफा २१९ को उपदफा (३क) बमोजिम थप जरिबाना र दफा २२८ बमोजिम प्रतिवादीबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराउनसमेत अदालतसमक्ष मागदावी लिइएको छ। प्रहरीले प्रमाणका रूपमा पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, धम्की दिइएका म्यासेजका स्क्रिनसटहरू र भिडियो क्लिपहरू समावेश गरिएको पेनड्राइभसमेत अदालतमा पेस गरेको छ। उकेराबाट साभार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज