Advertisement

डा. भीम रावल लाई चुनाव अघि ठूलो धक्का, रामारोशन ६ बाट ९२ जना एमालेमा प्रवेश

Advertisement

अछाम- चुनावको मिति नजिकिँदै जाँदा अछाम क्षेत्र नं- १ मा राजनीतिक सरगर्मी झन् बढेको छ। यही क्रममा डा. भीम रावल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी लाई ठूलो धक्का लागेको छ।
जिल्लाको रामारोशन गाउँपालिका-६ मा आयोजित चुनावी आमसभाका बीच विभिन्न पार्टी परित्याग गर्दै ९२ जना नेकपा एमाले मा समाहित भएका छन्। एमाले उम्मेदवार दिपक साउँदको जन्मथलो भटाकाटियामा आयोजित कार्यक्रममा पूर्व माओवादी तथा हाल नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्।

पालिका कमिटी अध्यक्ष भीष्म साउँदका अनुसार नेपाली कम्युनिष्ट पार्टीबाट ८४ जना, नेपाली काँग्रेसबाट ७ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना गरी कुल ९२ जना एमालेमा समाहित भएका छन्। सुमन परियार, रमेश साउँद, रमित साउँद, कमल वि.क र लक्ष्मण साउँद लगायतका नेताहरूले आजैदेखि एमालेको सक्रिय सदस्यका रूपमा काम गर्ने घोषणा गरेका छन्।
एमाले प्रवेशसँगै उनीहरूले अछाम क्षेत्र नं.- १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक साउँद लाई विजयी गराउन कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन्। चुनावको मुखमै भएको यो प्रवेशले स्थानीय राजनीतिक समीकरणमा उल्लेख्य प्रभाव पार्ने विश्लेषण गरिएको छ।
चुनावी प्रतिस्पर्धा चर्किँदै गइरहेका बेला भएको यस घटनालाई क्षेत्रीय राजनीतिमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड नि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज