Advertisement

अछाममा राजनीतिक हलचल: पूर्व राज्यमन्त्री मिना साउँदसहित ७५ भन्दा बढी नेताकार्यकर्ता एमालेमा समाहित

Advertisement

अछाम- चुनाव नजिकिँदै जाँदा अछामको राजनीतिक माहोल झनै तातिएको छ। यही क्रममा सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व राज्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य मिना साउँदसहित ७५ भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन्।
केन्द्रीय, प्रदेश तथा जिल्ला तहका विभिन्न संगठनमा आवद्ध प्रभावशाली व्यक्तिहरू एकैसाथ एमालेमा प्रवेश गरेपछि अछामको राजनीतिक समीकरणमा उल्लेख्य फेरबदल आएको छ।
यो घटनालाई अछाम क्षेत्र नम्बर- १ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका डा. भीम रावलका लागि चुनावकै मुखमै ठूलो धक्काका रूपमा लिइएको छ। लामो समयदेखि स्थापित नेताका रूपमा परिचित रावलका आफ्नै राजनीतिक आधार क्षेत्रबाट नेताहरू बाहिरिन थालेपछि उनको लागि परिस्थिति चुनौतीपूर्ण बनेको विश्लेषण हुन थालेको छ।
यता, एमाले उम्मेदवार दिपक साउँद का लागि भने यो समाहित अभियानले थप ऊर्जा र मनोबल प्रदान गरेको छ। पूर्व राज्यमन्त्रीसहित प्रभावशाली नेताहरूको समर्थन प्राप्त भएसँगै साउँदको चुनावी अभियान अझ सशक्त र प्रभावकारी बन्दै गएको एमाले वृत्तको दाबी छ।
एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट बोहरा ले पार्टीमा समाहित हुने सबैलाई स्वागत गर्दै अछाममा एमालेप्रतिको जनलहर तीव्र रूपमा बढ्दै गएको बताए। जनताको विश्वास र समर्थन दिनप्रतिदिन सुदृढ हुँदै गएको उनको भनाइ छ।
राजनीतिक विश्लेषकहरूका अनुसार चुनावअघि भएको यो सामूहिक समाहितले अछामको चुनावी प्रतिस्पर्धालाई नयाँ मोडमा पुर्‍याएको छ। एमालेप्रति जनआकर्षण बढ्दै गएको संकेतका रूपमा यस घटनालाई हेरिएको छ भने विपक्षी उम्मेदवारहरूका लागि यो ठूलो चुनौतीका रूपमा देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज