Advertisement

अछाममा राजनीतिक हलचल: पूर्व राज्यमन्त्री मिना साउँदसहित ७५ भन्दा बढी नेताकार्यकर्ता एमालेमा समाहित

Advertisement

अछाम- चुनाव नजिकिँदै जाँदा अछामको राजनीतिक माहोल झनै तातिएको छ। यही क्रममा सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व राज्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य मिना साउँदसहित ७५ भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन्।
केन्द्रीय, प्रदेश तथा जिल्ला तहका विभिन्न संगठनमा आवद्ध प्रभावशाली व्यक्तिहरू एकैसाथ एमालेमा प्रवेश गरेपछि अछामको राजनीतिक समीकरणमा उल्लेख्य फेरबदल आएको छ।
यो घटनालाई अछाम क्षेत्र नम्बर- १ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका डा. भीम रावलका लागि चुनावकै मुखमै ठूलो धक्काका रूपमा लिइएको छ। लामो समयदेखि स्थापित नेताका रूपमा परिचित रावलका आफ्नै राजनीतिक आधार क्षेत्रबाट नेताहरू बाहिरिन थालेपछि उनको लागि परिस्थिति चुनौतीपूर्ण बनेको विश्लेषण हुन थालेको छ।
यता, एमाले उम्मेदवार दिपक साउँद का लागि भने यो समाहित अभियानले थप ऊर्जा र मनोबल प्रदान गरेको छ। पूर्व राज्यमन्त्रीसहित प्रभावशाली नेताहरूको समर्थन प्राप्त भएसँगै साउँदको चुनावी अभियान अझ सशक्त र प्रभावकारी बन्दै गएको एमाले वृत्तको दाबी छ।
एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट बोहरा ले पार्टीमा समाहित हुने सबैलाई स्वागत गर्दै अछाममा एमालेप्रतिको जनलहर तीव्र रूपमा बढ्दै गएको बताए। जनताको विश्वास र समर्थन दिनप्रतिदिन सुदृढ हुँदै गएको उनको भनाइ छ।
राजनीतिक विश्लेषकहरूका अनुसार चुनावअघि भएको यो सामूहिक समाहितले अछामको चुनावी प्रतिस्पर्धालाई नयाँ मोडमा पुर्‍याएको छ। एमालेप्रति जनआकर्षण बढ्दै गएको संकेतका रूपमा यस घटनालाई हेरिएको छ भने विपक्षी उम्मेदवारहरूका लागि यो ठूलो चुनौतीका रूपमा देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज