Advertisement

युवाहरूको आकर्षणको केन्द्रमा दिपक साउँद

Advertisement

अछाम- देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातिँदै गएको छ । फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आ-आफ्ना घोषणापत्रसहित घरदैलो कार्यक्रममा व्यस्त छन् ।
देशभर जस्तै अछाम क्षेत्र नं. १ मा पनि चुनावी चहलपहल बढेको छ । यही क्षेत्रमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका दिपक साउँद हाल युवाहरूको प्रमुख आकर्षणको केन्द्र बनेका छन् ।
विभिन्न कालखण्डमा राजनीति अनुभव सँगालेका युवा उम्मेदवार साउँद अहिले घरदैलो अभियानमा सक्रिय छन् । युवाहरूले साउँदलाई साथ दिने प्रतिबद्धता जनाउँदै आफ्ना समस्या खुलेर राखिरहेका छन् ।
थापा गाउँका युवाहरूले सडक सञ्जाल, खानेपानी, खेलमैदान, स्वास्थ्य र शिक्षाका समस्या साउँदसमक्ष राखेका छन् । स्थानीय युवा हेमराज थापा ले “नेताहरूले चुनावपछि बाचा भुल्ने गरेको” गुनासोसमेत गरेका थिए ।
त्यसको जवाफमा साउँदले चुनाव जितेपछि ती समस्या प्राथमिकताका साथ सम्बोधन गर्ने विश्वास दिलाए ।
“म जनता भन्दा टाढा जाँदिन, जनचाहनाअनुसार काम गर्छु र अछामका सबै समस्या संसदमा उठाउँछु,” उनले भने ।
साउँद विगतदेखि नै सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् । जिल्लाको स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रमा उनले उल्लेखनीय भूमिका खेलेको स्थानीयवासी बताउँछन् ।
स्थानीय फटिकराज रेग्मी का अनुसार, “दिपक साउँद जनता समस्यामा पर्दा अग्रपंक्तिमा उभिएर काम गर्ने नेता हुन् । उनले जिल्लाको खेलकुद विकास, शान्ति मन्त्रालयमार्फत विद्यालय भवन निर्माण, हजारौँ द्वन्द्वपीडितलाई राहत उपलब्ध गराउने जस्ता महत्त्वपूर्ण काम गरेका छन् ।”
साउँदले उम्मेदवार जितेपछि हराउने प्रवृत्तिलाई जनतामाथिको अन्याय भन्दै आफू भुइँमान्छे भएको र चुनाव जिते जनताको आवाज बनेर संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज