अछाम- फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम–१ बाट नेकपा (एमाले) का उम्मेदवार दिपक बहादुर साउँद ले आफ्नो चुनावी घरदैलो अभियान सुरु गरेका छन्।
सहिद दिवसको अवसर पारेर उनले जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–काफलखेत स्थित ऐतिहासिक स्थलमा पुगेर बाँकावीर बलदेव शाही सहिद भएको माटो छोएर अभियानको शुभारम्भ गरेका हुन्।
उनको अभियानसँगै काफलखेत ऐतिहासिक स्थल पुनः चर्चामा आएको छ। काफलखेतलाई स्थानीय रूपमा बाँकावीर बलदेव शाहीको शीर छेदन गरिएको स्थलका रूपमा चिनिन्छ। सोही ऐतिहासिक स्मृतिसँग जोडेर अभियान सुरु गरिएको साउँदले बताए।
उनले अछामको इतिहास, पहिचान र योगदानलाई राष्ट्रिय तहमा स्थापित गर्नु आवश्यक रहेको उल्लेख गर्दै बाँकावीर बलदेव शाहीलाई राज्यस्तरमै पहिलो सहिदका रूपमा मान्यता दिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा बाँकावीरलाई नेपालको प्रथम सहिद भएको धारणा व्यक्त गरेपछि यो विषय राष्ट्रिय बहसमा आएको थियो।
साउँदको पक्षमा जनलहर, यसअघि गरेका छन् महत्त्वपूर्ण कार्य
साउँदले शुक्रबार पहिलो दिन बान्नीगढी जयगढ गाउँपालिका वडा नं- १,२,३ का गाज्रा , जनालीकोट, बर्दादेवी लगायतका गाउँटोलमा पुगेर जनतासँग मत मागेका छन्।
नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसीको नेतृत्वमा गएको घरदैलो अभियान टोलीले जनतासँग भेटघाट,समस्या पहिचान गर्दै समाधानका लागि कार्य गर्नेभन्दै मत मागेका हुन् ।
घरदैलो कार्यक्रममा जनताले आफूले चाहे खोजेको उम्मेदवार दिपक भएको धारणा व्यक्त गरे ।
स्थानीय दानबहादुर खड्काले जनताले सक्षम र युवा नेतृत्व खोजेको र सो उम्मेदवार दिपक भएको उनको भनाइ थियोे ।
उनलेे भने अहिलेसम्म आएको नेताहरूले बुकाभाषण मात्रै दिए, निर्वाचित भएपछि फर्किएनन् , अब हामीले सोच्नुपर्ने समय भएको छ ।
पदमा नहुँदा पनि दिपक ज्यु ले गाउँ समाज र जनताका लागि धेरै कार्य गरेको भन्दै प्रशंसा समेत गरे ।
दिपक अछामी जनता समस्यामा पर्दा अग्रपंक्तिमा उभिएर काम गर्ने व्यक्ति भएको स्थानीय फटिकराज रेग्मीले बताए । साउँदले जिल्लाको खेलकुद क्षेत्रमा उल्लेखनीय कार्य गरेको, शान्ति मन्त्रालय मार्फत जिल्लाका विद्यालय भवनहरू निर्माण, हजारौं द्वन्द्वपिडित नागरिकलाई राहत उपलब्ध गराउने लगायतका महत्त्वपूर्ण कार्य गर्नुभएको छ ।
साउँदले जिल्लाको लागि खेलको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै नागरिकले साउँदलाई मत दिने बताएका थिए ।
साउँदले अहिलेसम्मका उम्मेदवार विजय भएपछि हराउने गरेको भन्ने प्रसंगलाई यो जनतामाथि अन्याय भएको तर्फ व्यक्त गरेका छन् । आफू भुइँ मान्छे भएको र चुनाव जिते जनताको आवाज बनेर संसदमा पुर्याउने, तथा जनताकै माझमा रहेर जनसेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै शुक्रबारदेखि सुुरु भएको घरदैलो कार्यक्रममा क्रमशः अघि बढाइनेछ ।
घरदैलो कार्यक्रममा जिल्ला उपाध्यक्ष तिलक कुँवर, जिल्ला सचिव लगायत अन्य नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियोे ।

