Advertisement

‘नक्कली निम्तो’ अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता

Advertisement

‘नक्कली निम्तो’ अनुमोदन गराएर दलबलसहित अमेरिका उड्दै मन्त्री गुप्ता

काठमाडौं : जेनजी आन्दोलनपछिको देशको अवस्था सहज बनाउन ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने म्यान्डेट पाएको अन्तरिम सरकारका मन्त्री एकपछि अर्को विवादमा फसेका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले फर्जी आयोजक र फर्जी निम्तोपत्र बनाएर अमेरिका भ्रमण स्वीकृत गराएका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकबाट अमेरिकामा आगामी ३ माघमा आयोजना हुने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ सम्बन्धी कार्यक्रममा सहभागी हुने भनी भ्रमण स्वीकृत गरिएको छ । नेपाल सरकार वा अमेरिकामा रहेको नेपाली दूतावास वा अमेरिकी सरकारको अभिलेखमा नभएको आयोजक देखाई मन्त्रीको हैसियतमा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराउनु अनियमित र गैरजिम्मेवार भएको भन्दै विरोध सुरु भएको छ ।

नागरिक सरकारमा बसेका मन्त्रीको विदेश भ्रमण मोह विषयमा चौतर्फी आलोचना भइरहँदासमेत अस्तित्वमै नभएका आयोजक खडा गरेर भ्रमणमा जानुले जेनजी आन्दोलन र सुशासनको नाराको मजाक भएको भन्दै राजनीतिक तथा प्रशासनिक वृत्तमा आलोचना भएको छ ।

प्रधानमन्त्रीको चासो रद्द हुनसक्छ भ्रमण
गैरसरकारी वा सरोकारवाला नै नचिनिएको कार्यक्रममा भाग लिनका लागि खेलकुदमन्त्री अमेरिका जान लागेको सूचना पाएपछि मन्त्रिपरिषद्बाट स्वीकृत भएको गुप्ताको भ्रमण रद्द हुने सम्भावना बढेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । ‘मन्त्रीज्यूले नै भनेपछि विस्तृत डकुमेन्ट क्याबिनेटमा माग्ने कुरा भएन, यदि त्यस्तो आयोजक नै अस्तित्वमा नभएको अवस्था हो भने उहाँको भ्रमण स्वीकृति रद्द हुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

मन्त्रिपरिषद्को २१ पुसमा बसेको बैठकको निर्णयको ८ नम्बरमा मन्त्री गुप्ताको अमेरिका भ्रमण स्वीकृत’bout उल्लेख छ । ‘२०८२ माघ ३ गते संयुक्त राज्य अमेरिकामा आयोजना हुने रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेन–जीसम्बन्धी कार्यक्रममा सहभागी हुन माननीय युवा तथा खेलकुदमन्त्रीलाई स्वीकृति प्रदान गर्ने,’ निर्णयमा उल्लेख छ ।

सहयोगीलाई अमेरिका उडाउने गृहकार्य
मन्त्री गुप्ताले आफूनिकट केही युवालाई ‘जेनजी मुभमेन्ट’को नाम राखेर कार्यक्रम आयोजना गर्न लगाएको उनकै सचिवालयका व्यक्तिले सार्वजनिक गरिदिएका छन् । ‘मन्त्रीज्यूका सहयोगी, स्वास्थ्यकर्मी तथा जेनजी मुभमेन्ट एक्सपर्ट गरी पाँच–सात जनालाई आफ्नै खर्चमा जाने गरी भ्रमण दलका सदस्य बनाएर भिसा प्रयोजनका लागि समन्वय गरिएको छ,’ गुप्ताको सचिवालयका एक युवाले राजधानीसँग भने ।

नेपालस्थित अमेरिकन दूतावासको कन्सुलर शाखामा यूएस युथ काउन्सिलको सदस्यको हैसियतमा सहज पहुँच भएका गुप्ताले मन्त्रीको भ्रमण दलका सदस्य भन्दै कति व्यक्तिलाई भिसा सहजीकरण गरेको भन्ने यकिन हुन सकेको छैन । गुप्ताले हन्ड्रेड ग्रुपको टिम म्यानेजमेन्टमा संलग्न केही युवालाई आफू मन्त्री भएलगत्तै युवा तथा खेलकुदसम्बन्धी कार्यक्रमको आयोजना गर्न र सहभागिताका लागि जाने तयारी गर्न निर्देशन दिएका छन् ।

रास्वपासँग काठमाडौं महानगरका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीचको एकता घोषणा कार्यक्रममा उपस्थित भएर खुसी मनाउँदै कार्यक्रमस्थलबाटै आफ्ना विभिन्न जिल्लाका नेटवर्कलाई खुसी सेयर गरेका गुप्तालाई दलीय संलग्नताका नाममा समेत राजीनामाको दबाब छ ।

बालेनसँग जोडिएका गुप्ता पहिलो चरणमा मन्त्री नबनेपछि उनी प्रधानमन्त्री तथा तत्काल जिम्मेवारी पाएका मन्त्रीको आलोचना गर्दै विभिन्न जिल्लामा संगठन गर्न गएका थिए । गुप्ताको तत्कालीन मन्त्री तथा एमाले नेता महेश बस्नेतसँगको सम्बन्धदेखि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको कनेक्सन देखिएको भन्दै जेनजी अभियन्ता सुधन गुरुङले पहिलो चरणमा मन्त्री बन्न रोकेका थिए ।

गुरुङले रोकेको भन्दै कुलमान घिसिङको साथ लागेर प्रधानमन्त्रीमाथि दबाब सिर्जना गरेका गुप्ता पछिल्लो समयमा नेपाल स्काउटको जग्गा प्रकरणदेखि खेल क्षेत्रका अन्य विविध निर्णयहरूका सन्दर्भमा विवादमा जोडिएका छन् । आफू अनुकूल निर्णय गर्न नमानेपछि सचिव सरुवा गर्न लागिपरेका गुप्ताका धेरै विवादित विषयहरू रहेको भन्दै सचिवालयभित्रै विवाद भएकोसमेत उनी निकटस्थहरू बताउँछन् ।

गुप्ताको भ्रमण सरकारको सदाचार नीतिविपरीत
अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले स्वीकृत गराएको अमेरिका भ्रमण सरकारको सदाचार नीतिविपरीत छ । सरकारले असोज ५ को मन्त्रिपरिषद् बैठकको निर्णय भन्दै सार्वजनिक गरेको सदाचार नीतिमा राष्ट्रका लागि अत्यावश्यक भएका बाहेक कुनै पनि विदेश भ्रमण नगर्ने उल्लेख छ । आयोजक र कार्यक्रमको अस्तित्वकै विषय विवादमा रहने यो भ्रमण कसरी अत्यावश्यक भयो भन्ने विषय पुष्टि हुन नसक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी बताउँछन् ।

‘सरकारले पारित गरेको सदाचार नीतिले अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमण नगर्ने भनेको समयमा सम्बन्धित देशको सरकार वा कुनै आधिकारिक निकायबाट आएको औपचारिक निम्तो नभई अनौपचारिक प्रकृतिको भ्रमणमा मन्त्रीको हैसियतमा सहभागी हुनु गैरकानुनीसँगै नैतिक हिसाबले पनि गलत हो,’ ती कर्मचारी भन्छन् ।

भ्रमण दलका नाममा यसरी हुन्छ, मानव तस्करी
नक्कली कागजात भएको पत्ता लगाएर डिपोर्ट गरेपछि मन्त्री अधिकारीले राजीनामा गरेका थिए । मन्त्रीको भ्रमण दलका सदस्यको नाममा मानव तस्करी हुने तथा विदेश भ्रमणको अनधिकृत उपयोग हुने गरेको घटना विगतदेखि नै दोहोरिइरहेको छ । २०८१ कात्तिकको दोस्रो साता जापानमा भएको एक कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले ४ जनालाई लगेका थिए ।

जापानको अध्यागमन कार्यालयले जाँच गर्दा आफ्नो सचिवालयका कर्मचारी तथा सहयोगी भनी कागजात बनाएर लगेको अभियोग मन्त्री अधिकारीलाई लागेको थियो । मन्त्री अधिकारी आर्ट काउन्सिल टोकियोको ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन गतवर्षको १३ कात्तिकमा जापान गएका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका बेलामा समेत ठूलो संख्यामा नक्कली कागजात बनाएर स्पेन भ्रमणमा गएको विषयमा संसदमा समेत कुरा उठेको थियो । यसपछि सरकारले भिजिट भिसा दुरुपयोग’bout छानबिन गर्न संसदीय समिति नै गठन गरेको थियो । पूर्वउपसभामुख इन्दिरा रानाले अमेरिका जाने युवाहरूलाई भिसा सहजीकरण गरिदिएको भन्दै लामो समय प्रतिनिधिसभा बैठक समेत अवरद्द भएको थियो । सरकारका मन्त्रीहरूले बोक्ने कूटनीतिक राहदानीको सुविधाअनुसार मन्त्रिपरिषद्को निर्णय भएपछि जुनसुकै बेलामा तत्कालै जुनसुकै देशको यात्रा गर्न सक्छन् । यही सुविधाको प्रयोग गर्दै मन्त्री भएलगत्तै विदेश भ्रमणको तीव्र रुचि हुने गरेकाले बेला बेला आलोचना हुने गरेको छ । खेलकुदमन्त्री गुप्ताले भने आफूले गलत नगरेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज