Advertisement

एमालेमा पुष्पलाल, मनमोहन र मदनको परिवारले स्थान पाएनन् : प्रकाश शाह

Advertisement

सत्यराज सिंह, बझाङ- नेकपा एमालेबाट अलग भई हालै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता प्रकाश शाहले एमालेमा पार्टीका संस्थापक नेताहरूका परिवारलाई स्थान नदिइएको आरोप लगाएका छन् । बुधबार बझाङको सदरमुकाम चैनपुरमा नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै शाहले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताहरूको योगदानलाई एमाले नेतृत्वले उपेक्षा गरेको बताए ।

उनले भने, ‘एमालेमा पुष्पलाल, मनमोहन र मदन भण्डारी मात्र होइन, ५० वर्षसम्म पार्टीमा संघर्ष गरेका डा. भीम रावललाई समेत ठाउँ छैन । यो पार्टीको इतिहास र योगदानमाथि गरिएको अन्याय हो ।’

शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्य दुवैलाई निरङ्कुशताका दिशातर्फ धकेलेको आरोप लगाए । ओली नेतृत्वको सरकारमा तानाशाही प्रवृत्ति हाबी भएपछि आफूहरूलाई एमाले छाड्न बाध्य हुनुपरेको उनको भनाइ थियो । ‘नेतामा निरङ्कुशता र कार्यकर्तामा दास प्रवृत्ति हावी भएपछि पार्टीभित्र विद्रोह स्वाभाविक भयो, उनले भने, ‘त्यही परिस्थितिका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधव नेपाल र भीम रावलहरू एकै ठाउँमा उभिन बाध्य भएका हुन् ।’

शाहले नेपाली कम्युनिष्ट पार्टीले कम्युनिष्ट आन्दोलनको मूल मर्म, लोकतान्त्रिक मूल्य र सामूहिक नेतृत्वको अभ्यासलाई पुनः स्थापित गर्ने दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज