Advertisement

एमालेमा पुष्पलाल, मनमोहन र मदनको परिवारले स्थान पाएनन् : प्रकाश शाह

Advertisement

सत्यराज सिंह, बझाङ- नेकपा एमालेबाट अलग भई हालै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता प्रकाश शाहले एमालेमा पार्टीका संस्थापक नेताहरूका परिवारलाई स्थान नदिइएको आरोप लगाएका छन् । बुधबार बझाङको सदरमुकाम चैनपुरमा नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै शाहले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताहरूको योगदानलाई एमाले नेतृत्वले उपेक्षा गरेको बताए ।

उनले भने, ‘एमालेमा पुष्पलाल, मनमोहन र मदन भण्डारी मात्र होइन, ५० वर्षसम्म पार्टीमा संघर्ष गरेका डा. भीम रावललाई समेत ठाउँ छैन । यो पार्टीको इतिहास र योगदानमाथि गरिएको अन्याय हो ।’

शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्य दुवैलाई निरङ्कुशताका दिशातर्फ धकेलेको आरोप लगाए । ओली नेतृत्वको सरकारमा तानाशाही प्रवृत्ति हाबी भएपछि आफूहरूलाई एमाले छाड्न बाध्य हुनुपरेको उनको भनाइ थियो । ‘नेतामा निरङ्कुशता र कार्यकर्तामा दास प्रवृत्ति हावी भएपछि पार्टीभित्र विद्रोह स्वाभाविक भयो, उनले भने, ‘त्यही परिस्थितिका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधव नेपाल र भीम रावलहरू एकै ठाउँमा उभिन बाध्य भएका हुन् ।’

शाहले नेपाली कम्युनिष्ट पार्टीले कम्युनिष्ट आन्दोलनको मूल मर्म, लोकतान्त्रिक मूल्य र सामूहिक नेतृत्वको अभ्यासलाई पुनः स्थापित गर्ने दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज