Advertisement

एमालेको सचिवमा सुदूरपश्चिमबाट ऐन महरको बढ्दो सम्भावना

Advertisement

धनगढी: नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिएसँगै केन्द्रदेखि प्रदेशसम्म पदाधिकारी चयनबारेको बहस चर्किंदै गएको छ । पार्टीले पदाधिकारी संख्या घटाएर १५ मा सीमित गर्ने तयारीसँगै कसले कुन पदमा अटाउँछ भन्ने समीकरण झनै संवेदनशील बनेको छ । यही संवेदनशीलता र राजनीतिक सन्तुलनको घेराबन्दीबीच सुदूरपश्चिमबाट सचिव पदका लागि युवा नेता ऐन महर सबैभन्दा विश्वसनीय, प्रभावशाली र चर्चित दाबेदारका रूपमा अगाडि बढिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा नेताहरूबीच सचिवको दौड निकै प्रतिस्पर्धात्मक देखिन्छ । एकातिर पुराना नेताहरूको अनुभव, अर्कोतिर नयाँ पुस्ताको दाबी यीनै दुई धारबीच अहिले महर एक ‘सन्तुलित, स्वाभाविक र संगठनमैत्री विकल्प’ का रूपमा स्थापित हुँदैछन् । विद्यार्थी राजनीतिबाटै बुईकासिएका, अनेरास्ववियुका पूर्व अध्यक्षका रूपमा देशभर छुट्टै पहिचान बनाइसकेका महर अहिले पार्टीभित्र युवापुस्ताको प्रतिनिधि मात्र होइन, परिवर्तन र पुस्तान्तरणको संकेत बोक्ने अनुहारका रूपमा पनि अगाडि देखिन थालेका छन् ।

एमालेभित्र हालै बढेको “युवा पुस्तालाई नेतृत्वमा स्थान दिनुपर्छ” भन्ने चर्को बहसले पनि महरको दाबीलाई थप मजबुत बनाएको छ । अनुभवी नेताहरू भित्रभित्रै युवा अनुहारहरूलाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा रहेको संकेत दिइरहेका बेला महर जस्ता परिपक्व, संगठनको हरेक तहमा काम गरेको, केन्द्रदेखि क्याम्पससम्म जनसंपर्क बलियो भएको नेता सचिव पदका लागि अरु भन्दा अघि देखिन्छन्। अझ सुदूरपश्चिमजस्तो भूगोलबाट एकैचोटि भूगोल र पुस्तान्तरण दुवै सन्तुलन समेट्न सक्ने नाम महर नभए को हुन सक्छ ? भन्ने धारणा पार्टीभित्र तीव्र गतिमा फैलिएको छ ।

सुदूरपश्चिमलाई नेतृत्वमा सशक्त रूपमा प्रतिनिधित्व गराउने सवालमा ऐन महर अझै प्रस्ट, सजिलो र सबैलाई स्वीकार्य पात्रका रूपमा हेरिन्छन् । प्रदेशकै विभिन्न जिल्लामा उनको संगठनिक पहुँच दह्रिलो छ । विद्यार्थी आन्दोलन, युवा संगठन, प्रवास र जिल्ला तहका नेतासँग उनको सञ्जाल अरू आकाङ्क्षीको तुलनामा निकै फराकिलो मानिन्छ । यही नेटवर्क र उनको पार्टी प्रतिको खटाइ अहिले महाधिवेशन केन्द्रित अन्तिम समीकरणमा ठूलो ‘फाइदा’का रूपमा देखा परिरहेको छ ।

नेतृत्वसँगको महरको निरन्तर संवाद, भेटघाट र सक्रियताले पनि उनलाई केन्द्रिय वृत्तमा अझ नजिक पुर्‍याएको छ । केही समयअघि केन्द्रीय सदस्यमा मनोनयनमै पुगेका उनी हाल फेरि संगठनभित्र पेचिलो जिम्मेवारीका लागि चर्चाको ‘मुख्य विन्दु’ बनेका छन् । विद्यार्थी राजनीतिबाट नै संगठन र विचारप्रति निष्ठावान देखिएका महर अहिले परिपक्वता, व्यवहार सन्तुलन र कार्यगत सरलताका आधारमा पनि अन्य दाबेदारभन्दा एक कदम अघि छन् ।

सुदूरपश्चिममा सचिव पदका आकाङ्क्षी धेरै भए पनि अहिले पार्टीभित्रको बहसको केन्द्र महरमै अडिएको देखिन्छ । कर्ण थापा, दामोदर भण्डारी, नारदमुनि राना लगायतका नामहरू पनि चर्चा कोटामा छन् तर यी सबैबीच महर ‘नयाँ पुस्ता, सुदूरपश्चिम, संगठनिक गहिराइ र भविष्यको राजनीतिक संरचना’ यी चारै तत्वलाई एकैपटक जोड्न सक्ने नेता मानिँदै आएका हुन् । महरको लोकप्रियता केवल युवामा सीमित छैन; वरिष्ठ नेताहरूले समेत उनीसंगको आत्मीयता, संवाद क्षमता र संयमित शैलीलाई उच्च मूल्यांकन गरिरहेको देखिन्छ । यही कारण महाधिवेशन नजिकिँदै जाँदा ‘सचिवमा सुदूरपश्चिमबाट ऐन महर’ भन्ने धारणाले गति लिइरहेको छ । अर्कातिर पार्टीले सर्वसम्मत नेतृत्वतर्फ जाने संकेतले पनि महरलाई फाइदा पुग्ने अवस्था देखिन्छ ।

अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनलाई विवादरहित र एकीकृत बनाउने चाहना राखेको चर्चा छ । यस्तो मोडेलमा पुराना नेतासँगै युवा पुस्ताको प्रतिनिधि अटाउनुपर्ने आवाज बलियो हुँदैछ । प्रदेशको सन्तुलन र केन्द्रीय संरचनामा युवालाई स्थापित गर्नुपर्छ भन्ने भावनाले पनि महरको नामलाई अग्रस्थानमा पुर्‍याएको छ । यदि सहमतिमै सचिव चयन गर्ने प्रक्रिया अघि बढ्यो भने महर सचिवमा अट्ने सम्भावना निकै बढेको एमाले नेताहरूको टिप्पणी छ । निर्वाचनमा गएको खण्डमा पनि महरले संगठनिक तहमा निर्माण गरिरहेको वातावरण, युवाको तरंग, विद्यार्थी संगठन र नेतृत्वको समर्थनका कारण बलियो प्यानल बनाएर नै मैदानमा उत्रने अनुमान छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज