Advertisement

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार छैटौं जित, चितवन राइनोज ४९ रनले पराजित

Advertisement

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार छैटौं खेलमा पनि जित हासिल गरेको छ । आज भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराउँदै लगातार छैटौं जित हासिल गरेको हो । सुदूरपश्चिमले दिएकाे १ सय ७० रनकाे लक्ष्य पछ्याएकाे चितवन १७ ओभर १ बलमा १ सय २० रनमा अलआउट भयो ।

चितवनका रवि बोपराले २९ र देव खनालले २८ रन बनाए । सुदूरपश्चिमका पुनीत मेहराले ३, दीपेन्द्रसिंह ऐरी, हिकमत महरा, अविनाश बोहरा, इसान पाण्डेले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेट गुमाएर १ सय ६९ रन बनायो ।

सुदूरपश्चिमका क्रिस लिनले सबैभन्दा धेरै ७५, आरिफ शेख र कप्तान दीपन्द्रसिंह ऐरीले समान २४ रन बनाए । चितवनका सैफ जैबले २, रञ्जित कुमार र जर्ज स्क्रिमशाले समान १ विकेट लिए ।

सुदूरपश्चिम यसअघि नै तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्ले अफ’ पुग्ने पहिलो टोली बनिसकेको छ । लगातार ६ खेलमा अपराजित सुदूरपश्चिमको १२ अङ्क भएको छ ।

चितवनको ‘प्ले अफ’ पुग्ने सम्भावना कठिन हुँदै गएको छ । अब आफ्नो अन्तिम खेलमा पोखरालाई हराए चितवनको ‘प्ले अफ’मा पुग्ने झिनो सम्भावना रहन्छ । चितवन ६ खेलमा २ जीत र चार हारसहित ४ अङ्क जोड्दै छैटौं स्थानमा छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

मौन अबधिभर के के गर्न पाइदैन ?

मौन अबधिभर के के गर्न पाइदैन ?

काठमाडौँ: बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवध...
मौन अवधि सुरु: फागुन २१ को मतदानअघि ४८ घण्टा प्रचारप्रसार पूर्ण प्रतिबन्ध

मौन अवधि सुरु: फागुन २१ को मतदानअघि ४८ घण्टा प्रचारप्रसार पूर्ण प्रतिबन्ध

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आज (मंगलबार) राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। आगामी फागुन २१ गते हुने मतदानलाई लक्षित गर...
निर्वाचन आचारसंहिता र सञ्चार माध्यमको भूमिका

निर्वाचन आचारसंहिता र सञ्चार माध्यमको भूमिका

नेपालमा लोकतन्त्रको सबल अभ्यासका लागि निष्पक्ष, पारदर्शी र मर्यादित निर्वाचन अनिवार्य सर्त हो। यही उद्देश्यका लागि निर्वाचन आयोग ल...
अछाम- १ मा दीपक साउँदको बलियो पकड, जितका १० आधार सार्वजनिक

अछाम- १ मा दीपक साउँदको बलियो पकड, जितका १० आधार सार्वजनिक

अछाम- अछामको राजनीतिमा एउटा महत्वपूर्ण मोड आएको छ । अछाम क्षेत्र नं. १ को चुनावी माहोलले दीपक साउँदको पक्षमा उर्लिएको छ । नेकपा एम...
बझाङमा एमाले एकवद्दताको कडा सन्देश: भ्रम छर्ने तत्वलाई अफिलाल ओखेडाको चेतावनी

बझाङमा एमाले एकवद्दताको कडा सन्देश: भ्रम छर्ने तत्वलाई अफिलाल ओखेडाको चेतावनी

बझाङ: नेकपा एमाले बझाङले आफूहरू पूर्ण रूपमा एकवद्द भएर अघि बढिरहेको स्पष्ट सन्देश दिएको छ। पार्टीभित्र विभाजन रहेको भन्दै फैलाइएका...
रामारोशन गाउँपालिकाको कार्यालय अगाडि युवकको आमरण अनसन, एमाले उम्मेदवार दिपकद्वारा माग पूरा गर्ने प्रतिबद्धता

रामारोशन गाउँपालिकाको कार्यालय अगाडि युवकको आमरण अनसन, एमाले उम्मेदवार दिपकद्वारा माग पूरा गर्ने प्रतिबद्धता

अछाम- रामारोशन गाउँपालिकाको कार्यालय अगाडि विभिन्न विकास निर्माण र सुशासनसम्बन्धी माग राख्दै एक युवकले अनसन सुरु गरेका छन्। रामारो...
भारत–नेपाल मैत्री महोत्सवमा लोकसंस्कृतिको गुन्जन, सरिता तिवारीको विशेष प्रस्तुति

भारत–नेपाल मैत्री महोत्सवमा लोकसंस्कृतिको गुन्जन, सरिता तिवारीको विशेष प्रस्तुति

पिलीभीत — भारत र नेपालबीच सदियौँदेखि कायम सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको भारत...
राधिका भुजेलको प्रतिबद्धता- निर्वाचित भएपछि जनपक्षीय काम गर्ने, सूर्यमा मतदान गर्न आग्रह

राधिका भुजेलको प्रतिबद्धता- निर्वाचित भएपछि जनपक्षीय काम गर्ने, सूर्यमा मतदान गर्न आग्रह

अछाम - नेपाल कम्युनिष्ट पार्टी (एमाले) अछाम-१ की समानुपातिक उम्मेदवार राधिका भुजेल ले निर्वाचित भएपछि जनपक्षीय कामलाई प्राथमिकतामा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज