Advertisement

बझाङ एमालेमा दुई धार: दुई पक्षका आआफ्नै प्रतिनिधि

Advertisement

बझाङ : एमाले महाधिवेशन प्रतिनिधि छनोटमा बझाङमा विवाद भएको छ । सर्वसम्मत छनोट गर्न नसकेपछि महाधिवेशन प्रतिनिधि भन्दै दुई पक्षले दुई थरी सूची प्रकाशित गरेका छन् ।

एमालेको एउटा गुटले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संविधानसभा सदस्य लालबहादुर रावल, प्रदेशसभा सदस्य दमन भण्डारी लगायत ११ जनालाई महाधिवेशन प्रतिनिधि चयन गरेको सूचना प्रकाशन गरेलगतै अर्को गुटले थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, केदारस्यूँ गाउँपालिकाकी पूर्व उपाध्यक्ष निशा धामीसहितको सूची सार्वजनिक गरेको हो ।

एमालेको लेटरहेडमा प्रकाशित पहिलो सूचीमा प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रशाद जोशीको दस्तखत छ भने अर्कोमा पनि लेटरहेडबिनै उनकै दस्तखत गरिएको छ । दोस्रो सूचीमा रहेकाहरुको नामावली राख्दै एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरवबहादुर सिंह, केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा र आशा विकको समेत हस्ताक्षरमा छुट्टै सूचीसमेत प्रकाशित गरिएको छ ।

‘सबै क्षेत्र, भूगोल, मनोभावना र मनोविज्ञान मिलाएर जाऔं भन्दा एकलौटी गर्न खोजेपछि दुईवटा सूची सिफारिस भयो,’ केन्द्रीय सदस्य अफिलाल ओखेडाले भने, ‘निर्वाचनको प्रक्रिया नगरी, उम्मेदवारी दिएकाहरुले फिर्ता नगर्दै मनोमानी ढंगले सूची निकालेपछि हामीले पनि अर्को सिफारिस गरेका हौं ।’ उनले आफूहरुको समूहले सिफारिस गरेको सूचीमा पनि प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रशाद जोशीको सिफारिस रहेको दाबी गरे । ‘अब प्रदेश र केन्द्रले नै यहाँको विषय टुंगो लगाउँछ,’ उनले भने ।

२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनलगत्तै देखिएको केन्द्रीय सदस्य ऐन महर र भैरवबहादुर सिंहबीचको गुटबन्दी बझाङ एमालेमा झन् कसिलो बन्दै गएको छ । महर पक्षका जिल्ला अध्यक्ष दिलबहादुर भण्डारीले निर्वाचन कमिटीले सम्पूर्ण प्रक्रिया पुर्‍याएर प्रतिनिधि छनोट गरेकाले त्यही सूची नै आधिकारिक हुने बताए ।

सबैको सहमतिमा निर्वाचन कमिटीलाई नै प्रक्रिया पुर‍्‍याएर प्रतिनिधि छनोट गर्ने जिम्मेवारी दिइएको हो । सोहीअनुसार आएको सूचीलाई जिल्ला कमिटी र सचिवालयको बैठकले पनि अनुमोदन गरी पठाएको छ,’ उनले भने, ‘सबै निर्णय भइसकेपछि अर्को सूची आएको छ । उहाँहरुले के गुर्न भएको हो, त्यो मलाई थाहा छैन ।’ उनले निर्वाचन कमिटीले दुवै सूची सिफारिस गरेको बारे आफूलाई जानकारी नभएको बताए । उनले सबै केन्द्रीय कमिटी सदस्य, जिल्ला इन्चार्ज लगायतको सहमतिमा नै प्रतिनिधि छनोट गरिएको दाबी गरे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज