Advertisement

बझाङ एमालेमा दुई धार: दुई पक्षका आआफ्नै प्रतिनिधि

Advertisement

बझाङ : एमाले महाधिवेशन प्रतिनिधि छनोटमा बझाङमा विवाद भएको छ । सर्वसम्मत छनोट गर्न नसकेपछि महाधिवेशन प्रतिनिधि भन्दै दुई पक्षले दुई थरी सूची प्रकाशित गरेका छन् ।

एमालेको एउटा गुटले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संविधानसभा सदस्य लालबहादुर रावल, प्रदेशसभा सदस्य दमन भण्डारी लगायत ११ जनालाई महाधिवेशन प्रतिनिधि चयन गरेको सूचना प्रकाशन गरेलगतै अर्को गुटले थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, केदारस्यूँ गाउँपालिकाकी पूर्व उपाध्यक्ष निशा धामीसहितको सूची सार्वजनिक गरेको हो ।

एमालेको लेटरहेडमा प्रकाशित पहिलो सूचीमा प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रशाद जोशीको दस्तखत छ भने अर्कोमा पनि लेटरहेडबिनै उनकै दस्तखत गरिएको छ । दोस्रो सूचीमा रहेकाहरुको नामावली राख्दै एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरवबहादुर सिंह, केन्द्रीय सदस्यहरु अफिलाल ओखेडा र आशा विकको समेत हस्ताक्षरमा छुट्टै सूचीसमेत प्रकाशित गरिएको छ ।

‘सबै क्षेत्र, भूगोल, मनोभावना र मनोविज्ञान मिलाएर जाऔं भन्दा एकलौटी गर्न खोजेपछि दुईवटा सूची सिफारिस भयो,’ केन्द्रीय सदस्य अफिलाल ओखेडाले भने, ‘निर्वाचनको प्रक्रिया नगरी, उम्मेदवारी दिएकाहरुले फिर्ता नगर्दै मनोमानी ढंगले सूची निकालेपछि हामीले पनि अर्को सिफारिस गरेका हौं ।’ उनले आफूहरुको समूहले सिफारिस गरेको सूचीमा पनि प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रशाद जोशीको सिफारिस रहेको दाबी गरे । ‘अब प्रदेश र केन्द्रले नै यहाँको विषय टुंगो लगाउँछ,’ उनले भने ।

२०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनलगत्तै देखिएको केन्द्रीय सदस्य ऐन महर र भैरवबहादुर सिंहबीचको गुटबन्दी बझाङ एमालेमा झन् कसिलो बन्दै गएको छ । महर पक्षका जिल्ला अध्यक्ष दिलबहादुर भण्डारीले निर्वाचन कमिटीले सम्पूर्ण प्रक्रिया पुर्‍याएर प्रतिनिधि छनोट गरेकाले त्यही सूची नै आधिकारिक हुने बताए ।

सबैको सहमतिमा निर्वाचन कमिटीलाई नै प्रक्रिया पुर‍्‍याएर प्रतिनिधि छनोट गर्ने जिम्मेवारी दिइएको हो । सोहीअनुसार आएको सूचीलाई जिल्ला कमिटी र सचिवालयको बैठकले पनि अनुमोदन गरी पठाएको छ,’ उनले भने, ‘सबै निर्णय भइसकेपछि अर्को सूची आएको छ । उहाँहरुले के गुर्न भएको हो, त्यो मलाई थाहा छैन ।’ उनले निर्वाचन कमिटीले दुवै सूची सिफारिस गरेको बारे आफूलाई जानकारी नभएको बताए । उनले सबै केन्द्रीय कमिटी सदस्य, जिल्ला इन्चार्ज लगायतको सहमतिमा नै प्रतिनिधि छनोट गरिएको दाबी गरे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज