Advertisement

मतदाता नामावली संकलनमा जनताको उत्साह बढ्दै

Advertisement

काठमाण्डौ- आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी स्वरूप सुरु गरिएको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानमा जनताको सहभागिता क्रमशः बढ्दै गएको छ।

दशैँ, तिहार र छठ पर्वका कारण केही समय सहभागिता कम देखिए पनि पछिल्ला दिनमा मतदाता नाम दर्ता गराउनेको संख्या उल्लेख्य रूपमा बढेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार सातै प्रदेश र सबै जिल्लाका निर्वाचन कार्यालयमा दैनिक बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली संकलन र अद्यावधिकको काम भइरहेको छ। असोज ९ गतेदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।

यो अभियान यस महिनाभर जारी रहनेछ। १६ वर्ष उमेर पूरा गरी नागरिकता लिएका व्यक्तिले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्नेछन्। तर फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न चाहनेले भने फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेको हुनुपर्छ।

नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा आयोगले तोकेको दर्ता केन्द्रमा उपस्थित भई नागरिकता प्रमाणपत्रका साथ जैविक विवरण (बायोमेट्रिक) दिनुपर्नेछ। इच्छुकले अनलाइनमार्फत प्रि–रजिष्ट्रेसन (पूर्वदर्ता) पनि गराउन सक्ने व्यवस्था गरिएको छ।

यदि नागरिकता प्रमाणपत्रमा रहेको ठेगाना भन्दा फरक स्थानमा स्थायी बसोबास गरिएको छ भने बसाइँसराइ प्रमाणपत्र वा विवाहपछि नयाँ ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज