काठमाडौँ- सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको नयाँ कार्यालय समय अनुसार आज (कात्तिक १६ गते) देखि कार्यालय समय घट्ने भएको छ।
निर्णय अनुसार अब कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्।
यस अवधिभन्दा बाहेकका महिनामा भने कार्यालय समय बेलुकी ५ बजेसम्म कायम रहनेछ।
शुक्रबारका दिन कार्यालय समय पहिलेझैँ दिउँसो ३ बजेसम्म नै रहनेछ।

