धनगढी– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाणीमा आज बिहान १० बजेर १५ मिनेटमा महाकाली यातायातको ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना हुँदा कृष्णपुर १ बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार दुर्घटनामा घाइते भएका बलबहादुरलाई उपचारका लागि वाणी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए।
बसमा सवार अन्य चार जना सकुशल रहेका छन्। सो बसका चालक वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बस काठमाडौँबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको बताइएको छ।

