बझाङमा मालबाहक ट्याक्टर दुर्घटनामा परेको छ । सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका–३ पुगरतर्फ गइरहेको सुपप्र०१००२ त ६७६२नम्बरको ट्याक्टर सिमोल्तोला नजिकैको किर्याडी जंगलमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मानवीय क्षति नभए पनि जयपृथ्वी नगरपालिकाको अनुदानमा प्राप्त गहुँको बिउ, मललगायतका सामग्री नष्ट भएका स्थानीय बिरबहादुर ओलीले जानकारी दिए ।
प्रत्यक्षदर्शी तिलक विष्टका अनुसार उकालो र साँघुरो सडकमा ट्याक्टरले चढ्न नसक्दा दुर्घटना भएको हो । उनका अनुसार उक्त ट्याक्टरमा एक दर्जनभन्दा बढी स्थानीय सवार थिए, तर चालकले साँघुरो र जोखिमपूर्ण भाग पार गर्नुअघि उनीहरूलाई ओरालेर जोगाएका कारण ठूलाे मानवीय क्षति हुनबाट बच्न सकिएको जनाइएको छ ।

