Advertisement

नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

Advertisement

धनगढी- आइसिसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोमाञ्चक जीत निकालेको छ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा यूएईलाई ३ बलमा ३ रन आवश्यक रहँदा लगातार ३ विकेट गुमाउँदा नेपालले नजिकको जित दर्ता गर्न सफल भयो।

अन्तिम ओभर बलिङका लागि आएका दीपेन्द्रसिंह ऐरीले पहिलो तीन बलमा ७ रन दिएपछि चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए, पाँचौँ बलमा हेदर अलीलाई र अन्तिम बलमा जाहिद अलीलाई रन आउट गराउँदै नेपाललाई जित दिलाए।

यूएईका लागि आलिशान शरफुले ५८ र ध्रुव पराशरले ३२ रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।

यसअघि ओमान क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो।
नेपालका ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतकीय पारी खेले।
युएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हेदर अली, हर्षित कौशिक र ध्रुव पराशरले एक–एक विकेट लिए।

यो जितसँगै नेपालले सुपर–६ मा लगातार दोस्रो जित दर्ता गर्दै २ खेलबाट ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
समान ४ अङ्क भएको ओमान नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ भने यूएई २ अङ्कसहित तेस्रो स्थानमा रहेको छ।

सुपर–६ चरणमा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान, र समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन्।
नेपालले अब सुपर–६ मा भोलि कतारसँग खेल्नेछ, त्यसपछि बुधवार ओमान र शुक्रवार सामोआसँग भिड्नेछ।

सुपर–६ को शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकप खेल्न अवसर पाउनेछन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज