Advertisement

आजदेखि सोह्रश्राद्ध सकिँदै

Advertisement

काठमाडौं- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज (औँसी तिथि) श्राद्धसहित समापन हुँदैछ। दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी पितृपक्षको समापन गर्ने परम्परा रहेको छ।

१५ दिनसम्म चल्ने यो श्राद्धलाई सोह्रश्राद्ध भनिन्छ। पितृपक्षको अन्तिम दिन आज औँसी तिथि भएकाले, कुनै कारणवश अरू दिन श्राद्ध गर्न नसकिएका भए आज गर्नुपर्ने शास्त्रीय मान्यता छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार आज पनि गर्न नसकेमा आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीभित्र श्राद्ध गर्न सकिन्छ। त्यतिबेला पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाको दिन) वा मङ्सिरसम्मका केही विशेष तिथिमा गर्न सकिने शास्त्रीय विकल्प छ।

श्राद्ध नगरे पितृ असन्तुष्ट भई श्राप दिन्छन् भन्ने विश्वास धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ। त्यसैले श्रद्धा–भक्तिसाथ श्राद्ध गर्नु सन्तानको दायित्व मानिन्छ।

यस अवसरमा राजधानीको गोकर्णेश्वर, बेत्रावती, देवघाट, त्रिवेणीलगायत प्रमुख तीर्थस्थलमा आज पनि श्रद्धालुहरूको ठूलो भीड लागेको छ।

सोह्रश्राद्ध सकिएसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। असोज ६ गते सोमबार घटस्थापनासँगै दुर्गापक्षको शुभारम्भ हुनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज