Advertisement

जेन-जी आन्दोलन जनताको आँसु, भविष्यको आशा- अध्यक्ष बोहरा

Advertisement

बझाङ- केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले जेन-जी आन्दोलनलाई जनताको प्रतिनिधित्व गर्ने सभ्य र लोकतान्त्रिक आन्दोलनका रूपमा व्याख्या गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत “जेन-जीको छोटो समीक्षा” शीर्षकमा लेख सार्वजनिक गर्दै आन्दोलन बाह्य हस्तक्षेपका कारण हिंसात्मक बनेको र त्यसबाट राष्ट्रले ठूलो क्षति बेहोर्नु परेको उल्लेख गरेका छन्।

उनले , आन्दोलनमा ७२ जनाले ज्यान गुमाए भने हजारौं घाइते भए लेखेका छन् । साथै सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनलगायतका ऐतिहासिक संरचना तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको र नेताहरू र व्यापारीहरूको व्यक्तिगत सम्पत्तिमा समेत असर परेको उनले स्मरण गराए।

अध्यक्ष बोहराले भने, “कुनै पनि सभ्य आन्दोलनलाई हिंसात्मक माध्यमबाट बिगार्ने प्रयास हाम्रो समाज र राष्ट्रका लागि गम्भीर षड्यन्त्र हो। त्यसकारण यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ।”

जेन-जी आन्दोलन जन्माउन राजनीतिक नेतृत्वको कमजोरी प्रमुख कारण भएको उनको भनाइ छ। उनले केपी शर्मा ओलीको सत्तालोलुपता र दल फुटाउने प्रवृत्ति, शेरबहादुर देउवाको भागबण्डा र सम्झौता राजनीति, प्रचण्डको आत्मकेंद्रित निर्णय र युवा विचारसँग दूरीलाई असन्तोषको मूल कारक बताउँदै तीनै नेताको घुमीफिरी सत्ता सञ्चालनले जनता निराश बनेको टिप्पणी गरेका छन्।

उनले लेखमा जोड दिएका छन्, “जेन-जी आन्दोलन हाम्रो आँखाको आँसु हो, हाम्रो हृदयको आवाज हो, भविष्यको आशा हो, जनताको न्यायको खोजी हो।” तर, केही राजनीतिक दल, संगठन र व्यक्तिहरूले आन्दोलनलाई हिंसात्मक मोड दिएको भन्दै उनले दुःख व्यक्त गरेका छन्।

बोहराले आगामी दिनमा अपराधी जिम्मेवार ठहरिने र सत्य इतिहास उजागर हुने आशा व्यक्त गर्दै अन्तरिम सरकारले पारदर्शी, सभ्य र उत्तरदायी शासन पद्धति विकास गर्नुपर्नेमा जोड दिएका छन्। उनले अन्त्यमा लेखेका छन्, “पीडा हाम्रो भूत हुनेछ, आशा हाम्रो भविष्य हुनेछ। जेन-जी आन्दोलन हाम्रो आवाज र हाम्रो शक्ति हुनेछ।”

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जेन-जी क्रान्ति

जेन-जी क्रान्ति

माइतीघरमा उठछ आक्रोश । सडक धड्किन्छ सहर ।। काँप्छ हजारौं हात एकै साथ उठ्छन । अब मौनता छैन अब सहनशीलता छैन।। अब मात्र परिवर्तनक...
टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं-आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत नेपालले आज कतारसँग खेल्दैछ। खेल ओमानको अल अमिरेत क्रिकेट...
सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

सडक पुगेपछि व्यापारिक केन्द्र बन्यो अपिहिमालको मकरीगाड

दार्चुला- सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५, मकरीगाड अहिले दार्चुलाको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित भएको...
बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुराको रुगिनका बाढी–पहिरो पीडितको चाडपर्व त्रिपालमै

बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्या रुगिनका बाढी–पहिरोपीडितले यस वर्षको दसैं–तिहार खुलेआकाशमुनि त्रिपालमै मनाउँदैछन्। गत साउन...
बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडी- बैतडीमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पाटन न...
नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

नेपालको रोमाञ्चक जित, सुपर- ६ मा यूएईलाई १ रनले हरायो

धनगढी- आइसिसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोम...
बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार  ७१ हजार

बझाङको जयपृथ्वी नगरपालिका-११ भोपुरमा फुटबल प्रतियोगिता सुरु, प्रथम पुरस्कार ७१ हजार

बझाङ- जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरमा जिल्ला स्तरीय तेस्रो महिला पुरुष भोपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । शुभ दिपावल...
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

धनगढी- कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पुष्करराज ओझा अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज