Advertisement

बझाङमा सर्पको टोकाइबाट एक जना घाइते, जिल्लामा आइसियु नहुँदा डडेल्धुरा रेफर

Advertisement

बझाङ- बझाङमा सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । केदारस्यूँ गाउँपालिका-९ झोताका अन्दाजी ५० वर्षीय प्रेम सार्की सर्पको टोकाइबाट घाइते भएका हुन् ।

गएराति घरमै सुतिरहेको समयमा सार्कीलाई सर्पले टोकेको स्थानीय तथा भैरव माध्यमिक विद्यालयका शिक्षक राजेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार सार्कीलाई राति करिब तीन बजेको समयमा घरभित्र सुतिरहेको अवस्थामा सर्पले कानमा टोकेको थियोे । सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लिएको जनाइएको छ । जिल्लामा उपचार सम्भव नभएपछि अहिले उनलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ ।
स्थानीयले भने सर्पदंशको टोकाइबाट घाइतेको जिल्लामै उपचार नहुनु दु:खद पक्ष भएको बताए ।
जिल्ला अस्पतालले सर्पले टोकेर गम्भीर बनेका घाइते सार्कीलाई तत्काल आइसियु (ICU) कक्षामा राखेर उपचार गर्नुपर्ने देखिएको जनाएको छ । जिल्ला अस्पतालमा आइसियु सुविधा नहुँदा यहाँ आवश्यक उपचार सम्भव नभएकाले बिरामीलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको अस्पतालले जनाएको छ। अस्पतालका चिकित्सकका अनुसार सर्पदंशपछि पीडितलाई निरन्तर निगरानी, भेन्टिलेटर तथा अत्यावश्यक जीवनरक्षक सुविधा उपलब्ध हुने आइसियु कक्ष आवश्यक पर्छ। तर जिल्लामा त्यस्तो पूर्वाधार नहुँदा बिरामीलाई थप जटिलता हुन नदिन तत्कालै रेफर गरिएको बताइएको छ।

आइसियु अभाव : नागरिकको जीवन जोखिममा

जिल्ला अस्पतालमा आइसियु अभावका कारण यहाँका नागरिकले जीवनरक्षक उपचार तत्काल पाउन नसक्ने, बाटोमा नै थप जोखिम व्यहोर्नुपर्ने र खर्चको बोझ बढ्ने गरेका छन्। दुर्गम भेगका ग्रामीण बासिन्दाले त अस्पताल पुग्न मात्रै घण्टौं पैदल यात्रा गर्नुपर्छ, त्यसमाथि आइसियु नहुँदा अर्को जिल्लामा धाउनुपर्ने बाध्यता झन् पीडादायी बन्दै गएको छ।
स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भए पनि आवश्यक पूर्वाधार नहुँदा सामान्यदेखि गम्भीर रोगसम्मका बिरामीहरूले उपचार पाउन अप्ठ्यारो भोग्नुपरेको स्थानीयवासीको गुनासो छ। उनीहरूका अनुसार जिल्लामा आइसियु, विशेषज्ञ चिकित्सक र पर्याप्त उपकरण नहुँदा “सस्तो र छिटो उपचार” पाउने नागरिकको हक व्यवहारमै खुम्चिएको छ।
सर्पदंशजस्तो आकस्मिक घटनामा समेत जीवनरक्षक सुविधा नहुँदा मानिसको जीवन कति असुरक्षित छ भन्ने प्रश्नलाई यो घटनाले थप गम्भीर बनाएको छ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज