Advertisement

बाहृदेब क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–६, भाडसैंनस्थित प्रस्तावित बाहृदेब क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन प्राप्त गरेको छ। भदौ १२ गते प्रस्तावित बाहृदेब क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको हो । यससँगै स्थानीय जनसमुदायमा ठूलो खुशी छाएको छ।

पालिकाको माथिल्लो भूभागका विद्यार्थीलाई घरआगनमै उच्च शिक्षा प्रदान गर्न क्याम्पस सञ्चालनमा ल्याउन लागिएको छ । उक्त क्षेत्रमा १२ कक्षासम्म अध्ययनका लागि विद्यालय भए पनि स्नातक तहको अध्ययन गर्नका लागि नजिकै क्याम्पसको सुविधा नहुँदा वडा नम्बर ५, ६, ७ , ८ र दुर्गाथलि गाउँपालिका-६ का विद्यार्थीलाई टाढासम्म धाउनुपर्ने बाध्यता थियो। सम्बन्धन प्राप्त भएपछि ती विद्यार्थीलाई आफ्नै क्षेत्रमा बस्दै उच्चशिक्षा अध्ययन गर्ने अवसर उपलब्ध हुने भएको छ।

केदारस्यूँ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोहराले यो उपलब्धि गाउँपालिकाको साझा गर्व भएको उल्लेख गर्दै सम्पूर्ण क्याम्पस परिवारलाई बधाई ज्ञापन गरेका छन्। साथै, सम्बन्धन प्रक्रियामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने विश्वविद्यालयका पदाधिकारी, जनप्रतिनिधि, शिक्षा क्षेत्रमा सक्रिय व्यक्तित्व, चन्द्रोदय माध्यमिक विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा समुदायका अग्रजप्रति आभार प्रकट गरेका छन्।
अध्यक्ष बोहराले भने, “अबको यात्रा अझ चुनौतीपूर्ण छ। क्याम्पस सञ्चालनका लागि गुणस्तरीय शिक्षा, स्रोत–साधनको परिचालन, दक्ष जनशक्तिको व्यवस्थापन र यसलाई आदर्श शिक्षण केन्द्रका रूपमा विकास गर्न सबै सरोकारवालाको सक्रियता आवश्यक छ।”
उनले गाउँपालिका सदैव क्याम्पससँग खडा रहने प्रतिवद्धता व्यक्त गर्दै समुदाय, शुभेच्छुक र सम्पूर्ण नागरिकसँग निरन्तर सहयोग, सुझाव र सहकार्यको अपेक्षा पनि व्यक्त गरेका छन्।

तत्काल चन्द्रोदय माविको भवनमा पठनपाठन हुने,

सुदूरपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन प्राप्त गरेको बाहृदेब क्याम्पस सञ्चालन तथा विद्यार्थी भर्नाका लागि बैठक बस्दै छ । यहीँ भदौ १७ गते मंगलबार के कसरी क्याम्पस सञ्चालन गर्ने तथा विद्यार्थी भर्नाका विषयमा छलफल गर्न बैठक बस्न लागेको चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक बहादुर धामीले जानकारी दिए। उनलेे भने तत्काल यहीँ शैक्षिकसत्रबाट विद्यार्थी भर्ना गरेर पठनपाठन गर्ने तयारी छ । क्याम्पसको भवन नभएसम्म तत्काल विद्यालयको भवनमै पठनपाठन गर्ने तयारी थालिएको समेत धामीको भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज