काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेशसहित पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

