Advertisement

जगन्नाथ माविमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत च्याउ खेती सुरु

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–४ सैन्स्सुस्थित जगन्नाथ माध्यमिक विद्यालयमा च्याउ खेती कार्यक्रमको सुरुवात गरिएको छ ।

सोमबारदेखि औपचारिक रूपमा पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत च्याउ खेती कार्यक्रमको सुरुवात गरिएको हो। यस अभियानलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका युवा नेता भरत बहादुर मल्लको विशेष पहलमा अघि बढाइएको हो।
विद्यालयले कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीलाई आत्मनिर्भर बनाउन र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यका साथ च्याउ खेतीलाई प्राथमिकता दिएको विव्यस अध्यक्ष मल्लले कामना टुडेसँग बताए ।

केही समय अघि विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी पाएका मल्लले पालिकामै पहिलोपटक विद्यालय स्तरमा च्याउ खेती कार्यक्रमको सुरुवात गरेका हुन् । पालिकामा अहिलेसम्म कुनै पनि विद्यालय व्यवस्थापन समितिले विद्यार्थीलाई आत्मनिर्भर तर्फ जोड्नका लागि काम गरेको देखिएको छैन,अध्यक्ष मल्लको यो कदमले नयाँ सन्देश दिएको छ।

च्याउ खेतीका लागि आवश्यक सामग्री तय गर्न विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक शिक्षिकाले विशेष साथ दिएका छन् । हरितालिका तीजको समयमा पनि शिक्षिकाहरूले च्याउ खेती कार्यक्रमको सुरुवात गर्नमा विशेष सहयोग गरेको अध्यक्ष मल्लको भनाइ छ ।
अध्यक्ष मल्लले च्याउ खेती कार्यक्रम प्रति शिक्षक शिक्षिका र विव्यस टिमले देखाएको सक्रियता र साथका लागि आभार प्रकट गरेका छन् ।

यसअघि बझाङदीप क्याम्पस झोतामा विद्यार्थी नेता कमल सीको पहलमा च्याउ खेती कार्यक्रम सञ्चालन गरिएको थियोे । कमलले क्याम्पसमा छात्रावासको पनि स्थापना गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज