Advertisement

सम्झना विकका परिवारलाई क्षतिपूर्ति दिन युवा संगठन बझाङको ज्ञापनपत्र

Advertisement

बझाङ- बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिकाकी बालिका सम्झना विकको परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय बझाङलमा ज्ञापनपत्र बुझाइएको छ।

युवा संगठन नेपाल बझाङ जिल्ला कार्यसमितिले मंगलबार प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठीलाई हत्या भएको ६ वर्ष वितिसक्दा समेत सम्झनाको परिवारले क्षतिपूर्ति नपाएको भन्दै तत्काल क्षतिपूर्ति उपलब्ध मागसहित ज्ञापनपत्र बुझाएको हो ।

२०७७ असोज ७ गते सम्झनाकै गाउँका एक किशोरले गोठ हिँडेकी बालिका सम्झनालाई गाउँबाट १५ मिनेट टाढा रहेको सिमथला भन्ने जंगलबाट नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेका थिए ।

घटनापछि दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको मागसहित जिल्लामा सात दिनसम्म आक्रोशित स्थानीय आन्दोलित भएका थिए । २०७७ असोज १४ गते आन्दोलनरत स्थानीय तथा प्रमुख जिल्ला अधिकारीबीच १० लाख क्षतिपूर्ति दिने र आन्दोलन स्थगित गर्ने सहमति भएको थियो । गृह मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेले बझाङका तत्कालीन निमित्त प्रजिअ रामबहादुर सार्कीलाई १० लाख क्षतिपूर्ति दिने सर्तमा पीडितसँग सहमति गर्न निर्देशन दिएका थिए ।
मृतक परिवारलाई तत्कालीन सरकारले प्रतिवद्धता जनाएर पनि अझसम्म १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध नगराएको भन्दै संगठनले आपत्ति जनाएको छ।
संगठनका अनुसार सरकारले कैयौं पटक आश्वासन दिए पनि न्याय र राहत दिन ढिलाइ गरिएको छ। संगठनका जिल्ला इन्चार्ज आकाश सीको हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ” मिति २०७६/०६/०६ गते मा बलात्कार पछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नं.३ की सम्झना वि.क.को परिवारलाई क्षतिपूर्ति स्वरुप रु १० लाख दिने भनि जिल्ला प्रशासनमा निर्णय गरेको तर हाल सम्म स्व निर्णप्रति कुनै सुनुवाई नभएको हुँदा हाम्रो जनप्रिय संगठन युवा संगठन नेपाल बझाङको गम्भीर ध्यानाकर्षण भएको छ । ६ वर्ष वितिसक्दा पनि कानमा तेल हालेर बस्ने उक्त निकायप्रति ध्यानकर्षण गराउदै पिडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय चैनपुर बझाङ समक्ष हाम्रो संगठन ज्ञापन पत्र पेश गर्दछ । अन्यवा हाम्रो संगठनको मागलाई व्यवास्था गरेमा कडा संघर्षामा उत्रिने जानकारी पनि गराउदछौं ।

ज्ञापनपत्र बुझाउने क्रममा संगठनले जिल्ला प्रशासन कार्यालयलाई परिवारलाई तत्काल राहत दिन दबाबमूलक भूमिका खेल्न आग्रह गरेको । साथै, आगामी दिनमा पनि पीडित परिवारको न्यायका लागि निरन्तर आवाज उठाइने संगठनले स्पष्ट पारेको छ।


फोन संवादलाई आधार मानेर निमित्त प्रमुख जिल्ला अधिकारी सार्कीले पीडितकै अगाडि लिखित सहमति जनाएका थिए। तर २०७७ कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले बालिकाको परिवारलाई राहतस्वरूप ३ लाख रुपैयाँ दिने निर्णय गर्‍यो। जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम उपलब्ध गराउन खोज्दा पीडित पक्षले पूर्व सहमति अनुसार १० लाख दिनुपर्ने अडान राख्दै सो रकम फिर्ता गरेका थिए।

त्यसपछि गृह मन्त्रालयले ७ लाख थप गरी जम्मा १० लाख उपलब्ध गराउने निर्णय गरी अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो। तर अर्थ मन्त्रालयले बजेट अभाव देखाउँदै अहिलेसम्म फाइल अघि नबढाएको बताइन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज