Advertisement

जसको कोही छैन, त्यसको प्रशासन

Advertisement

बझाङ- जसको कोही छैन, त्यसको जिल्ला प्रशासन” भन्ने भनाइलाई सत्य साबित गर्दै बुङगल नगरपालिकामा भएको रोजगार संयोजकको परीक्षा निष्पक्ष र पारदर्शी भएको पाइएको छ ।

नगरपालिकाले एक सिटका लागि भर्ना खोलेको रोजगार संयोजक पदमा १० जनाले आवेदन दिएका थिए । तर, शनिबार जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा भएको परीक्षामा ६ जना मात्र सहभागी भए ।

सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जोशी विषय विज्ञका रुपमा परीक्षामा उपस्थित हुनु भएको थियो । स्थानीयबासीका अनुसार जिल्ला प्रशासनले लिएको परीक्षा निष्पक्ष र पारदर्शी भएको छ ।

सहभागी परीक्षार्थीले पनि प्रशासनले पहुँच र पावरभन्दा बाहिर गएर न्यायपूर्ण ढंगले परीक्षा सञ्चालन गरेको भन्दै प्रशंसा गरेका छन् । “मसँग कोही थिएन, तर प्रशासनले निष्पक्ष परीक्षा लिन्छ भन्नेमा ढुक्क थिएँ । अन्ततः परीक्षा मर्यादित, निष्पक्ष र पारदर्शी भयो,” एक परीक्षार्थीले प्रतिक्रिया दिए ।

पछिल्लो समय बुङ्गलमा परीक्षा फितलो हुने र पहुँचवालामात्र छानिने गुनासो भइरहेकाले जिल्ला प्रशासनमार्फत परीक्षा लिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद जोशीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी कैलाश ठकुरीले पनि “नेता र मन्त्रीहरूको दबाब तथा पहुँचले काम नगरेको” भन्दै प्रसन्नता व्यक्त गर्नुभयो ।

परीक्षामा बुङ्गल नगरपालिका–९ का पुष्पराज जोशी नगरपालिकाको रोजगार संयोजकमा नाम निकाल्न सफल भएकाका छन् । भने धनबहादुर बोहरा वैकल्पिक उम्मेदवार बनेका छन् । जोशीले निष्पक्ष परीक्षा गरिदिएकोमा जिल्ला प्रशासनलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज