Advertisement

बडिमालिकाबाट फर्किने क्रममा लडेर एक जनाको मृत्यु

Advertisement

बाजुरा- बाजुराको प्रसिद्ध तीर्थस्थल बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। निधन हुनेमा पूर्व शिक्षा मन्त्री देवी प्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लव ओझा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारीका अनुसार ओझा मन्दिरबाट झन्डै एक घण्टा तल झर्ने क्रममा लडेका थिए। अनुमान अनुसार उनी झण्डै ७ सय मिटर तल खोँचमा खसेका थिए। प्रहरीले शव उद्धारका लागि टोली परिचालन गरिएको जनाएको छ।

विप्लव ओझा हाल काठमाडौंको गोकर्णेश्वर–५ मा बसोबास गर्दै आएका थिए। प्रहरीका अनुसार उनी राति नै मन्दिरबाट फर्किएका थिए, र रातिको यात्रा गर्दा अँध्यारोका कारण भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। बिहान करिब साढे ८ बजे घटनाको जानकारी प्राप्त भएको हो।

आजको दिन बडिमालिकामा विशेष पूजाको आयोजना गरिएको छ। शक्तिपीठका रूपमा परिचित यस मन्दिरमा साउन २३ गते विशेष पूजाआजा हुने परम्परा अनुसार आज पनि श्रद्धालुहरूको ठूलो भीड रहेको छ। यस्तै, बुढीनन्दा मन्दिरमा समेत आजबाट पूजा सुरु भएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज