Advertisement

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको योगदानको कदर, बझाङमा जन्मजयन्ति भव्यरूपमा मनाउने तयारी

Advertisement

बझाङ- मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९औँ जन्मजयन्ति यस वर्ष बझाङमा विशेष कार्यक्रमसहित भव्यरूपमा मनाउने तयारी भइरहेको छ। भदौ ७ गते जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-२ मा अवस्थित सत्यवादी माध्यमिक विद्यालय, जयपृथ्वीनगरमा विशेष कार्यक्रमको आयोजनासहित जन्मजयन्ति भव्यरूपमा मनाउने तयारी भइरहेको हो । उक्त विद्यालयमा पालिका स्तरीय भलिबल, हाजिरीजवाफ तथा नृत्य प्रतियोगिता सञ्चालन गर्ने तयारी तिब्रगतिमा भइरहेको छ ।

छबिसपाथिभेरा गाउँपालिकाको मेल्लेख क्षेत्रमा ऐतिहासिक महत्वका पुराना राजदरवार र त्यसमा प्रयोग गरिएको ‘जय’ लेखिएको पुरानो इटा अहिले पनि देखिन्छ छ। यो स्थानले क्षेत्रीय इतिहासमा विशेष स्थान ओगटेको बताइएको छ।
जयपृथ्वीबहादुर सिंहको नाममा प्रदान गरिने पुरस्कार पनि त्यहीँ प्रदान गर्ने तय भएको छ ।

त्यस्तै स्थानीय तह, नागरिक समाज, शैक्षिक संस्थाहरू र जयपृथ्वी प्रतिष्ठानको समन्वयमा विविध कार्यक्रम आयोजना गरिने जनाइएको छ।

जयपृथ्वी सिंहको जीवनदर्शन आज पनि शिक्षाका मेरुदण्ड, न्यायप्रेमी र मानवतावादी दृष्टिकोणका प्रतीकको रूपमा प्रेरणादायी रहेको छ। बझाङबासीले यस पटकको जन्मजयन्तिलाई स्मरणीय बनाउन जुटेका छन्।

मानवतावादी, शैक्षिक अगुवा तथा राष्ट्रसेवक जयपृथ्वीबहादुर सिंहको योगदानको सम्मानस्वरूप नेपाल सरकारले २०७९ असार ६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। तीन वर्षअघिको उक्त निर्णयले बझाङ जिल्लाका साथै सम्पूर्ण नेपाली जनताको गर्वको विषय बनेको छ।

शिक्षा, भाषा र न्यायका लागि क्रान्तिकारी सोच
वि.सं. १९३४ भदौ ७ गते बझाङको चैनपुरमा जन्मिएका जयपृथ्वी सिंहले नेपालमा शिक्षा, न्यायप्रशासन, पत्रकारिता र नेपाली भाषाको प्रवर्द्धनका क्षेत्रमा अद्वितीय योगदान पुर्‍याएका थिए। १२ वर्षको उमेरमा नै बझाङको राजगद्दी सम्हाल्नुपरेका सिंहले अध्ययनका लागि काठमाडौँ हुँदै भारतसम्म यात्रा गरे। इलाहाबाद र कलकत्ता विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका उनले शिक्षा र मानवताको मार्ग रोज्दै राणा शासनका विरुद्ध आवाज उठाएका थिए।
नेपाली भाषाका पहिलो पाठ्यपुस्तक लेखक
जयपृथ्वीले वि.सं. १९५८ मा नेपाली भाषामा पहिलो पाठ्यपुस्तक ‘अक्षराङ्ग शिक्षा’ लेखेका थिए। त्यसपछि उनले बालबोध, ज्ञानमाला, श्रेस्तादर्पण, शिक्षा दर्पणजस्ता पाठ्यपुस्तकहरू पनि लेखे। यिनका पुस्तकहरूले नेपाली शिक्षा जगतमा क्रान्ति ल्याएको मानिन्छ।
बझाङको समग्र विकासमा नेतृत्वदायी भूमिका
जयपृथ्वीबहादुर सिंहले बझाङमा सत्यवादी पाठशाला स्थापना गरी शिक्षा विस्तार गरेका थिए। उनले भौतिक विकासका साथै सामाजिक न्याय र भूमिसुधारका काम गरेका थिए। वि.सं. १९६६ मा बझाङमा खग आयुर्वेद औषधालय स्थापना गरी स्वास्थ्यसेवा सुरु गरेका थिए। वि.सं. १९६७ मा जनताको पक्षमा भूमिसुधार लागू गरेर राज्यका सेरा र फाँटहरू मोहियानी हकमा परिवर्तन गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज