Advertisement

केदार चारधाम परियोजना समृद्धिको आधार हो- अध्यक्ष बोहरा

Advertisement

बझाङ- केदार, कैलाश, भैरव र त्रिवेणीलाई समेटेर अघि बढाइएको चारधाम धार्मिक तथा पर्यटन विकास कार्यक्रम सुदूरपश्चिमको समृद्धिको दीर्घकालीन आधार बन्ने विश्वास केदारस्युँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले व्यक्त गर्नुभएको छ।

केदारस्यूँ गाउँपालिकाको पहलमा निर्माणाधीन केदार मन्दिरको कार्य हाल तीव्र गतिमा अगाडि बढिरहेको छ। आर्थिक वर्ष २०८१/०८२ बाट सुरु भएको मन्दिर निर्माण कार्य अझै करिब दुई महिना लाग्ने अध्यक्ष बोहराले जानकारी दिनुभयो।

“केदारजस्तो दुर्गम र उचाइमा मन्दिर निर्माण गर्नु चुनौतीपूर्ण छ। तर स्थानीय उपभोक्ता समिति र जनताको सहयोगले हामीले अपेक्षित प्रगति गर्न सकेका छौं,” अध्यक्ष बोहराले बताउनुभयो।

उहाँका अनुसार, मन्दिर निर्माणपछि भूमि शुद्धिकरणदेखि प्राण प्रतिष्ठा सम्मका सम्पूर्ण विधि पारम्परिक र वैदिक संस्कारअनुसार गरिनेछ। यस्ता विधिहरू मन्दिरको पवित्रता स्थापना र देवताको आव्हानसँग जोडिएको अध्यक्ष बोहराको भनाइ छ।

२४ गतेको पूजा स्थगित, तर धूप–बत्ती रोकिएको होइन

निर्माणकार्य अझै अपूरा भएकाले साउन २४ गतेका लागि तय गरिएको विधिवत पूजा कार्यक्रम हाललाई स्थगित गरिएको पनि अध्यक्ष बोहराले प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो:

“पूजा स्थगित हुनु भनेको श्रद्धालुले आस्था प्रकट गर्न नपाउने भन्ने होइन। धूप–बत्ती, दर्शन आदिमा रोक छैन। हामी पवित्र, सुसंगठित र पूर्ण रूपमा तयारीसहित पूजा सम्पन्न गर्न चाहन्छौं।”

चारधाम परियोजनाले समेट्नेछ धार्मिकदेखि आर्थिक समृद्धि

अध्यक्ष बोहराले प्रस्तुत गर्नुभएको परिकल्पना अनुसार, चारधाम परियोजना धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक र सामाजिक समृद्धिका पाँच प्रमुख आधारमा केन्द्रित छ। यस योजनाले, धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजार विस्तार, र बझाङको नयाँ धार्मिक–पर्यटकीय पहिचान विकास ,जस्ता महत्वपूर्ण पक्षमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 “यो कार्यक्रम केवल आस्थाको विषय होइन। यसले बझाङ र सुदूरपश्चिमलाई समृद्ध बनाउने दिगो आधार तयार पार्नेछ,” अध्यक्ष बोहराले स्पष्ट पार्नुभयो।

२०८२/०८३ मा अन्य मन्दिरको पनि निर्माण सुरु हुने

गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि कैलाश मन्दिर, भैरव मन्दिर, त्रिवेणी मन्दिर र तीन वटा अन्य संरचना निर्माणको कार्यसमेत अघि बढाउने योजना बनाएको छ।

अन्त्यमा, अध्यक्ष बोहराले मन्दिर निर्माणप्रति सकारात्मक सोच राख्न, सुझाव दिन र सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रह गर्नुभयो।

 

माया, विश्वास, सल्लाह र सुझावका लागि आभार। आलोचना स्वाभाविक हो, तर यो महान् कार्यमा साथ दिनु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज