Advertisement

केदार चारधाम परियोजना समृद्धिको आधार हो- अध्यक्ष बोहरा

Advertisement

बझाङ- केदार, कैलाश, भैरव र त्रिवेणीलाई समेटेर अघि बढाइएको चारधाम धार्मिक तथा पर्यटन विकास कार्यक्रम सुदूरपश्चिमको समृद्धिको दीर्घकालीन आधार बन्ने विश्वास केदारस्युँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले व्यक्त गर्नुभएको छ।

केदारस्यूँ गाउँपालिकाको पहलमा निर्माणाधीन केदार मन्दिरको कार्य हाल तीव्र गतिमा अगाडि बढिरहेको छ। आर्थिक वर्ष २०८१/०८२ बाट सुरु भएको मन्दिर निर्माण कार्य अझै करिब दुई महिना लाग्ने अध्यक्ष बोहराले जानकारी दिनुभयो।

“केदारजस्तो दुर्गम र उचाइमा मन्दिर निर्माण गर्नु चुनौतीपूर्ण छ। तर स्थानीय उपभोक्ता समिति र जनताको सहयोगले हामीले अपेक्षित प्रगति गर्न सकेका छौं,” अध्यक्ष बोहराले बताउनुभयो।

उहाँका अनुसार, मन्दिर निर्माणपछि भूमि शुद्धिकरणदेखि प्राण प्रतिष्ठा सम्मका सम्पूर्ण विधि पारम्परिक र वैदिक संस्कारअनुसार गरिनेछ। यस्ता विधिहरू मन्दिरको पवित्रता स्थापना र देवताको आव्हानसँग जोडिएको अध्यक्ष बोहराको भनाइ छ।

२४ गतेको पूजा स्थगित, तर धूप–बत्ती रोकिएको होइन

निर्माणकार्य अझै अपूरा भएकाले साउन २४ गतेका लागि तय गरिएको विधिवत पूजा कार्यक्रम हाललाई स्थगित गरिएको पनि अध्यक्ष बोहराले प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो:

“पूजा स्थगित हुनु भनेको श्रद्धालुले आस्था प्रकट गर्न नपाउने भन्ने होइन। धूप–बत्ती, दर्शन आदिमा रोक छैन। हामी पवित्र, सुसंगठित र पूर्ण रूपमा तयारीसहित पूजा सम्पन्न गर्न चाहन्छौं।”

चारधाम परियोजनाले समेट्नेछ धार्मिकदेखि आर्थिक समृद्धि

अध्यक्ष बोहराले प्रस्तुत गर्नुभएको परिकल्पना अनुसार, चारधाम परियोजना धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक र सामाजिक समृद्धिका पाँच प्रमुख आधारमा केन्द्रित छ। यस योजनाले, धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजार विस्तार, र बझाङको नयाँ धार्मिक–पर्यटकीय पहिचान विकास ,जस्ता महत्वपूर्ण पक्षमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 “यो कार्यक्रम केवल आस्थाको विषय होइन। यसले बझाङ र सुदूरपश्चिमलाई समृद्ध बनाउने दिगो आधार तयार पार्नेछ,” अध्यक्ष बोहराले स्पष्ट पार्नुभयो।

२०८२/०८३ मा अन्य मन्दिरको पनि निर्माण सुरु हुने

गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि कैलाश मन्दिर, भैरव मन्दिर, त्रिवेणी मन्दिर र तीन वटा अन्य संरचना निर्माणको कार्यसमेत अघि बढाउने योजना बनाएको छ।

अन्त्यमा, अध्यक्ष बोहराले मन्दिर निर्माणप्रति सकारात्मक सोच राख्न, सुझाव दिन र सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रह गर्नुभयो।

 

माया, विश्वास, सल्लाह र सुझावका लागि आभार। आलोचना स्वाभाविक हो, तर यो महान् कार्यमा साथ दिनु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज