धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भएको छ।
सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन कार्यकारी समितिको सिफारिसमा सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सम्मेलनको मिति तय गरेको हो। यसअघि असोज १ र २ गते आयोजना गर्ने भनिएको सम्मेलन विविध कारणले सारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
अब मङ्सिर १ र २ गते सम्मेलन हुने तय भएसँगै प्रदेश सरकारले तयारी तीव्र बनाएको छ।

