काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।
हाल देशका पहाडी भू–भागहरूमा सामान्य बदली रहँदा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो पनि देशका पहाडी भू–भागहरूमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानहरू तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ।
कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने पूर्वानुमान छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

