Advertisement

भन्सार कार्यालय कैलालीद्वारा ८ अर्ब ६६ करोड राजस्व संकलन

Advertisement

धनगढी- जिल्ला भन्सार कार्यालय कैलालीले आर्थिक वर्ष २०८१/८२ मा कुल ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले सो अवधिका लागि ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो। तर, लक्ष्यको मात्र ७७.६७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार संकलित राजस्वमध्ये भन्सार महसुलबाट ३ अर्ब २३ करोड ९९ लाख, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ३ अर्ब २३ करोड १५ लाख, अन्तःशुल्कबाट २१ करोड ४४ लाख र अन्य शीर्षकहरूबाट १ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ।

महिनावारी विवरणअनुसार साउनदेखि असारसम्म राजस्व संकलन यस्तो रहेको छ:

साउन: ५७ करोड ५० लाख

भदौ: ५३ करोड ८४ लाख

असोज: ६७ करोड २४ लाख

कात्तिक: ६२ करोड ७८ लाख

मंसिर: ८१ करोड १३ लाख

पुस: ६५ करोड ८७ लाख

माघ: ७३ करोड २ लाख

फागुन: ७२ करोड ७६ लाख

चैत: ७८ करोड १४ लाख

वैशाख: ८१ करोड ८० लाख

जेठ: ८७ करोड १३ लाख

असार: ८५ करोड ६९ लाख रुपैयाँ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको थिएन। उक्त वर्ष ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँको लक्ष्य लिइएकोमा केवल ७ अर्ब ९१ करोड ८० लाख रुपैयाँ संकलन भएको थियो, जुन कुल लक्ष्यको ६८.३६ प्रतिशत मात्र हो।

निरन्तर लक्ष्यभन्दा कम राजस्व संकलन भइरहेका बेला भन्सार कार्यालयलाई स्रोत व्यवस्थापन, व्यापार प्रवाह र चुहावट नियन्त्रणतर्फ थप चुनौती र सुधारको खाँचो देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज