Advertisement

भन्सार कार्यालय कैलालीद्वारा ८ अर्ब ६६ करोड राजस्व संकलन

Advertisement

धनगढी- जिल्ला भन्सार कार्यालय कैलालीले आर्थिक वर्ष २०८१/८२ मा कुल ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले सो अवधिका लागि ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो। तर, लक्ष्यको मात्र ७७.६७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार संकलित राजस्वमध्ये भन्सार महसुलबाट ३ अर्ब २३ करोड ९९ लाख, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ३ अर्ब २३ करोड १५ लाख, अन्तःशुल्कबाट २१ करोड ४४ लाख र अन्य शीर्षकहरूबाट १ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ।

महिनावारी विवरणअनुसार साउनदेखि असारसम्म राजस्व संकलन यस्तो रहेको छ:

साउन: ५७ करोड ५० लाख

भदौ: ५३ करोड ८४ लाख

असोज: ६७ करोड २४ लाख

कात्तिक: ६२ करोड ७८ लाख

मंसिर: ८१ करोड १३ लाख

पुस: ६५ करोड ८७ लाख

माघ: ७३ करोड २ लाख

फागुन: ७२ करोड ७६ लाख

चैत: ७८ करोड १४ लाख

वैशाख: ८१ करोड ८० लाख

जेठ: ८७ करोड १३ लाख

असार: ८५ करोड ६९ लाख रुपैयाँ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको थिएन। उक्त वर्ष ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँको लक्ष्य लिइएकोमा केवल ७ अर्ब ९१ करोड ८० लाख रुपैयाँ संकलन भएको थियो, जुन कुल लक्ष्यको ६८.३६ प्रतिशत मात्र हो।

निरन्तर लक्ष्यभन्दा कम राजस्व संकलन भइरहेका बेला भन्सार कार्यालयलाई स्रोत व्यवस्थापन, व्यापार प्रवाह र चुहावट नियन्त्रणतर्फ थप चुनौती र सुधारको खाँचो देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज