Advertisement

सुदूरपश्चिमका स्वास्थ्यकर्मीको आन्दोलन : “ऐन संशोधन नभएसम्म आन्दोलन जारी राख्छौं”

Advertisement

धनगढी, कैलाली —सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूले हालै प्रदेश सरकारले ल्याएको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा रहेको विभेदकारी प्रावधान तत्काल संशोधन गर्न माग गर्दै प्रदेश सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन्। उनीहरूले मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै ऐन संशोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

सोमबार स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका स्वास्थ्यकर्मीहरू धनगढीमा भेला भई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश सभाको विषयगत समितिमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाए। उनीहरूले अहिलेको ऐनले समायोजन भएका दुई हजारभन्दा बढी स्वास्थ्यकर्मीको सेवा, सुविधा र तह वृद्धिमा विभेद गरेको भन्दै आक्रोश व्यक्त गरे।

संघर्ष समितिका संयोजक राजेन्द्र सिंह साउँदले भने, “हामीले बारम्बार सबै स्वास्थ्यकर्मीको हक र अधिकारको कुरा उठाएका थियौं। तर हालै आएको स्थानीय सेवा ऐनमा परिच्छेद ३ को दफा ९ को उपदफा ४ राखेर केही गिन्तीका स्वास्थ्यकर्मीलाई मात्रै तह वृद्धि गरियो। बाँकी दुई हजारभन्दा बढी समायोजन भएका कर्मचारीमाथि विभेद भयो। यो अस्वीकार्य छ।”

उनका अनुसार प्रदेश सरकारले ल्याएको ऐनले स्वास्थ्य सेवा ऐन, २०५३ र त्यसअनुसार भएको समायोजन प्रक्रिया विपरीत कार्य गरेको छ। उनले थपे, “२०७५ सालमा कर्मचारी समायोजन हुँदा हामी सबै समान प्रक्रियाबाट स्थानीय तहमा आएका हौं। अहिले भने कसैलाई मात्र फाइदा हुने गरी ऐन ल्याउनु अन्याय हो। सबैलाई समान तह वृद्धि र सुविधा सुनिश्चित गरिनुपर्छ।”

धर्नामा सहभागी अर्का स्वास्थ्यकर्मीले भने, “यसरी विभेदपूर्ण ऐन कार्यान्वयन गरिए स्वास्थ्य क्षेत्रमा निराशा र असन्तोष बढ्नेछ। सेवाग्राहीको समेत ठूलो नोक्सानी हुन्छ। प्रदेश सरकारले समयमै सच्याओस् भन्ने हाम्रो आग्रह हो।”

संघर्ष समितिका संयोजक साउँदले प्रदेश सरकारले ज्ञापनपत्रका मागबारे सकारात्मक आश्वासन दिएको जनाए। तर उनले भने, “सकारात्मक प्रतिक्रिया आएको छ। तर यो लिखित र निश्चित नभएसम्म हामी हाम्रो आन्दोलन जारी राख्छौं। दबाब नदिएसम्म यहाँका नीतिहरू सच्याइँदैनन् भन्ने हाम्रो अनुभव हो।”

उनले चेतावनी दिँदै भने, “मुख्यमन्त्रीले वार्ता गरेर माग सम्बोधन नगरेसम्म आन्दोलन अझै फैलिनेछ। प्रदेशभरका सबै स्थानीय तहका स्वास्थ्यकर्मीहरू आन्दोलनमा सामेल हुनेछन्। यसले सुदूरपश्चिमको स्वास्थ्य सेवा नै अस्तव्यस्त हुन्छ र सेवाग्राहीलाई ठूलो समस्या पर्छ।”

ज्ञापनपत्रमा स्वास्थ्यकर्मीहरूले प्रमुख तीन माग राखेका छन् :

  • हालको ऐन संशोधन गरी सबै समायोजन भएका स्वास्थ्यकर्मीको समान तह वृद्धि सुनिश्चित गर्ने।
  • सेवा, सुविधा र पदस्थापनमा कुनै प्रकारको विभेद नगर्ने।
  • स्थानीय तहका सबै स्वास्थ्यकर्मीको अधिकार र समानताको सुनिश्चितता गर्ने।

ज्ञापनपत्र सामाजिक विकास मन्त्री, कानुनी मन्त्री र प्रदेश सभाको विषयगत समितिलाई समेत बुझाइएको समितिले जनाएको छ।

स्वास्थ्यकर्मीहरूले चेतावनी दिँदै भनेका छन्, “हामी आफ्ना हकका लागि लडिरहेका हौं। सरकारले बेलैमा हाम्रो आवाज नसुने यसले ठूलो स्वास्थ्य संकट निम्त्याउन सक्छ।”

धनगढीमा हालसम्म करिब ३०० जना स्वास्थ्यकर्मीले सेवा ठप्प पार्दै धर्ना दिएका छन्। संघर्ष समितिका अनुसार मुख्यमन्त्रीले वार्ता र समाधानको पहल नगरेसम्म आन्दोलन जारी राख्ने र अझै ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रने तयारी भइरहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज