Advertisement

छबिसपाथिभेरा गाउँपालिकाको भुक्तानी कार्य सम्पन्न, आर्थिक वर्ष २०८१ / ०८२ को बजेट खर्च प्रगति सार्वजनिक

Advertisement

लक्ष्मीराज जोशी, बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा स्वीकृत योजनाहरू तथा कार्यक्रमहरूको कार्यान्वयनमा उल्लेखनीय प्रगति हासिल गरेको छ । गाउँपालिकाले तोकिएको समयसीमाभित्र भुक्तानी कार्य सफलतापूर्वक सम्पन्न गरेको एक सूचना मार्फत जानकारी दिएको छ ।

गाउँपालिकाले आर्थिक पारदर्शिताको उदाहरणीय अभ्यास गर्दै आर्थिक वर्ष २०८१/०८२ को कुल बजेटमा ९० दशमलव ८० प्रतिशत खर्च गरेको छ ।
गाउँपालिका कार्यालयद्वारा जारी सूचनामा नीति, योजना तथा बजेट निर्माण र कार्यान्वयनमा अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, कार्यालय टिम लगायत सबै पक्षको सक्रिय भूमिका रहेको उल्लेख गरिएको छ ।
कार्यक्रमको सफल कार्यान्वयनका लागि शाखा प्रमुख तथा सम्पूर्ण कर्मचारी र सरोकारवालाहरूको योगदानप्रति गाउँपालिकाले धन्यवाद प्रकट गरेको छ । पालिकाले
जारी विवरण अनुसार, आर्थिक वर्ष २०८१/ ०८२ को समग्र खर्च प्रगति यसप्रकार रहेको छः

गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेका अनुसार, सार्वजनिक स्रोत तथा योजना कार्यान्वयनमा पारदर्शिता र समयमै कार्य सम्पन्न गर्नेतर्फ ध्यान दिइएको हो।
आर्थिक प्रशासन प्रमुख मुकेश कुमार थापा र प्रमुख प्रशासनिक अधिकृत संजय कुमार यादवले हस्ताक्षर गरेको उक्त सूचनामा जनप्रतिनिधि र कर्मचारीको समन्वयले लक्ष्यअनुसारको प्रगति गर्न सम्भव भएको उल्लेख छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज