Advertisement

साइपाल गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीद्वारा बाल आश्रमलाई २० हजार बराबरको सहयोग

Advertisement

बझाङको साइपाल गाउँपालिका–१ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीले दुर्गाथलीस्थित मदन भण्डारी बाल आश्रमलाई नगद तथा सामग्रीसहित करिब २० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् ।

प्रवक्ता धामीले आश्रममा आश्रित विपन्न तथा असहाय बालबालिकाको हेरचाह, शिक्षा र दैनिक आवश्यकतामा टेवा पुगोस् भन्ने उद्देश्यले रु १४,००० नगद र बाँकी रकम बराबरको खाद्यान्न तथा अन्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षहरू र अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए ।

अध्यक्ष तथा प्रवक्ता धामीले समाजका असाहाय बालबालिकाप्रति सबैको उत्तरदायित्व रहेको उल्लेख गर्दै, यस्ता संस्थाहरूप्रति उनीहरू पनि सिक्नुपर्ने र सक्रिय रूपमा सहयोग गर्नुपर्ने सन्देश दिएका छन् । बालबालिकाको भविष्य निर्माणमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण छ,” धामीले भने, हामी सबैले सामूहिक रूपमा सक्दो सहयोग गरेर उनीहरूको जीवन उज्यालो बनाउनुपर्छ ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएका धामीले यसअघि पनि विभिन्न ठाउँमा विपद् पीडित, विद्यालय, अपांगता भएका व्यक्तिहरू र स्वास्थ्य संस्थाहरूलाई निरन्तर सहयोग गर्दै आएका छन्। उहाँको यस्तो सेवाभाव र समर्पणले उनलाई समुदायमैत्री नेता बनाएको छ । मदन भण्डारी बाल आश्रमका प्रतिनिधिहरूले अध्यक्ष तथा प्रवक्ता धामीप्रति आभार व्यक्त गर्दै, यस्ता सहयोगहरूले आश्रमका बालबालिकामा हौसला र आत्मबल थपिएको बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज