Advertisement

सिमाना अनुगमनमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा टोलीको यात्रा

Advertisement

सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको साईपाल गाउँपालिकास्थित नेपाल–चीन सीमासम्म प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीसहित सुरक्षा निकायको टोलीले सिमाना अनुगमन गरेका छन्।

सदरमुकाम चैनपुरबाट अषाढ ६ गते सिमाना अनुगमनका लागि गाडीमार्फत यात्रा सुरु गरिएको थियो। टोली बिहान ११ बजे कुवा भन्ने स्थानमा पुगेर भोजन गरेपछि अघि बढेको थियो भने साँझ काकरकोटमा स्थानीय पूर्व गाँउपालिका   अध्यक्ष   धामीको होटलमा बास बसिएको थियो।

भोलिपल्ट बिहान टोली साईपाल गाउँपालिका–१ स्थित काडा पुगेको थियो। त्यहाँ गाउँपालिका अध्यक्ष मानविर बोहरा, उपाध्यक्ष डोल्मा तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत जयराज जोशी, लेखापाल पवन भट्टराईलगायत स्थानीय जनप्रतिनिधिहरूले टोलीलाई स्वागत गरेका थिए।

काडामै बिहानको भोजन गरी टोली साईपालको अति दुर्गम क्षेत्रतर्फ प्रस्थान गरेको थियो। साँझ धुली भन्ने स्थानमा लामागुरुको घरमा बास बसेको टोली भोलिपल्ट बिहान नयाँ भन्ने स्थानमा पुगेर उपाध्यक्ष डोल्मा तामाङको समन्वयमा भोजन गरी अगाडि बढेको थियो।

लगातारको यात्रा गर्दै टोली कालङ्गा गाड हुँदै रमणीय पाटनहरू पार गर्दै अन्ततः चौथो दिन नेपाल–चीन सिमानामा रहेको २ नम्बर सीमास्तम्भसम्म पुग्न सफल भएको हो। प्रमुख जिल्ला अधिकारी ठकुराठीसहितको टोलीमा शमशेर गुल्म पानकोट व्यारेकका गुल्मपति रमेश बानियाँ, सशस्त्र प्रहरी बल बझाङका डिएसपी दुर्गाप्रसाद भट्टलगायत ३३ जना सहभागी थिए।

साईपाल सिमानासम्म प्रमुख जिल्ला अधिकारी पुग्नु बझाङको इतिहासमै पहिलो पटक भएको उपाध्यक्ष डोल्मा तामाङले बताइन्। उनका अनुसार यसअघि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त त्यहाँ पुगेका थिए, तर प्रमुख जिल्ला अधिकारी पुग्नुभएको यो पहिलो घटना हो।

प्रमुख जिल्ला अधिकारी ठकुराठीले भने, “नेपाल–चीन सिमानामा रहेको यो नाका देशकै सबैभन्दा छोटो दूरीको नाका हो। सरकारले यसलाई सञ्चालन गर्ने पहल गर्नु पर्छ। यदि खोलियो भने यसले बझाङ मात्र होइन, सम्पूर्ण सुदूरपश्चिमको आर्थिक र भौतिक विकासमा टेवा पुर्‍याउँछ।”

उनले सीमावर्ती क्षेत्रका नागरिकको आयआर्जनका मुख्य स्रोत यार्चागुम्बा र जडीबुटी भएकोले सुरक्षा सुनिश्चित गर्न टोली पुगेको बताए। साथै, उनले ४ गतेदेखि ७ गतेसम्म यार्चागुम्बा टिप्ने क्षेत्रमा प्रहरी सुरक्षा व्यवस्था मिलाइएको पनि जानकारी दिए।

ठकुराठीले भने, “यात्रा कठिन थियो, तर निकै रमाइलो पनि भयो। दुर्गम साईपालका जनताको दैनिकी बुझ्ने अवसर मिल्यो। एक वडाबाट अर्को वडामा पुग्न दिनभर लाग्ने रहेछ। म आफैँ आठ दिनको यात्रामा सयभन्दा बढी पटक लडेँ। सामान्य चोट पनि लाग्यो। तर, खुसि छु – साईपालको यात्रा गर्न पाएँ।”

यसैबीच नेपाली सेनाका गुल्मपति रमेश बानियाँले नेपाली सेना सधैँ सीमाको सुरक्षामा समर्पित रहेको बताए। उनले भने, “यो मेरो साईपाल भ्रमणको पहिलो पटक हो। २३ जना सैनिकसहित सीमासम्म पुगेका छौँ। सेनाले गाउँपालिका भित्रका विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दैछ।”

सशस्त्र प्रहरी बल बझाङका डिएसपी दुर्गाप्रसाद भट्टले भने, “सिमानाको रक्षा हाम्रो पहिलो कर्तव्य हो। यात्रामा कठिनाइ भए पनि अनुभव रमाइलो रह्यो। साईपाल क्षेत्रको हावापानी र रहनसहन मन पर्‍यो।”

टोलीको यात्राका क्रममा उरैं नाकामा नेपालको नक्सासहित नाग देखिएको उल्लेख गर्दै स्थानीय तह र संघ सरकारसँग समन्वय गरी उक्त क्षेत्रलाई पर्यटन प्रवर्द्धनको दृष्टिले प्रचार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रमुख जिल्ला अधिकारी ठकुराठीले स्थानीय सरकारसँग हातेमालो गर्दै चीनको ताक्लाकोटसम्म सञ्जाल विस्तार गर्न पहल थालिने जानकारी दिए। साईपाल गाउँपालिका अध्यक्ष मानविर बोहरा र उपाध्यक्ष तामाङले पनि सिमानाको विकासका लागि स्थानीय तहबाट समन्वय गरिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज