Advertisement

जिल्लामै नमुनायोग्य काम : शैक्षिक सुधारमा दुर्गाथली–२ का वडाअध्यक्ष मिश्रको उत्कृष्ट नमुना कार्य

Advertisement

बझाङ,– बझाङको दुर्गाथली गाउँपालिका वडा नं. २ मा वडा अध्यक्ष धनराज मिश्रले शैक्षिक सुधार र योजनाबद्ध विकासमा देखाएको सक्रियता अहिले जिल्लामै नमुना योग्य मानिएको छ । वडास्तरमा पहिलो पटक “वडा आयोजना बैंक” निर्माणदेखि लिएर विपन्न विद्यार्थीलाई सहयोग, शिक्षकको सम्मानसम्मका कार्यले मिश्रलाई जिल्लाभर प्रशंसा मिलिरहेको छ । त्यसैगरी, पालिका स्तरको कक्षा ८ को परीक्षामा दुर्गाथली–२ वडाबाट द्वितीय स्थान हासिल गर्ने विद्यार्थीलाई जनही रु. १०,००० दिने निर्णय वडा अध्यक्ष मिश्रले गरेका थिए ।

योजना अनुसार, यस वर्ष आफ्नो वडाका एक जना विद्यार्थी पालिकाभर द्वितीय स्थान हासिल गर्न सफल भएपछि उक्त विद्यार्थीलाई नगद रु. १०,००० पुरस्कारसहित विशेष सम्मान प्रदान गरिएको थियो ।

यो निर्णयले शिक्षा क्षेत्रमा प्रतिस्पर्धा, प्रेरणा र प्रोत्साहन दिन सघाउने सहभागीहरूको भनाइ छ ।
आज सम्पन्न शैक्षिक सुधार कार्यक्रममा वडाभित्रका चारवटै विद्यालयका आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई , पोशाक, शैक्षिक सामग्री र कपडा वितरण गरिएको थियो । विद्यार्थीहरूमा उत्साह देखिएको थियो भने अभिभावकहरूले वडा कार्यालयप्रति कृतज्ञता प्रकट गरेका थिए ।

कार्यक्रमकै अर्को खण्डमा शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । वडा नं २ का वडा सचिव तथा उत्कृष्ट कर्मचारी भिम बहादुर , मष्टा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमलराज सोती, सोही विद्यालयका प्रधानाध्यापक धनराज जोशी, चार जना शिक्षक र एक जना कार्यालय सहयोगीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको हो ।

 

कार्यक्रममा अध्यक्ष मिश्रले शिक्षा क्षेत्रलाई समावेशी, गुणस्तरीय र योजनाबद्ध बनाउने प्रतिबद्धता जनाउँदै भने,
“हामीले दुर्गाथली–२ बाट यस्तो अभ्यास थालेका छौं, जुन अहिले बझाङका कुनै पनि वडाले गरेका छैनन् । वडाको पहिलो योजना बैंक यही हो, अब प्रत्येक विकास योजना तथ्य र आवश्यकता अनुसार तय हुनेछ ।”

 

योजना बैंक निर्माण गर्नु दुर्गाथली–२ को मात्र नभई बझाङ जिल्लाको इतिहासमै पहिलो पटक भएको प्रयास हो । यसमार्फत शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, महिला सशक्तीकरण लगायतका सबै क्षेत्रका योजना व्यवस्थित रूपमा संकलन, वर्गीकरण र कार्यान्वयन गरिनेछ ।

 

कार्यक्रममा वडा सदस्यहरू, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, महिला समूह, युवा क्लब तथा सामाजिक अभियन्ताहरूको उत्साहजनक उपस्थिति थियो । सहभागीहरूले वडा अध्यक्ष मिश्रको कार्यशैलीको खुलेर प्रशंसा गर्दै अन्य वडाहरूले पनि यस्ता कामबाट सिक्नुपर्ने बताएका थिए ।

 

दुर्गाथली–२ अब शैक्षिक सुधारको मात्र होइन, योजना निर्माण र कार्यान्वयनको नयाँ अभ्यासको सुरुवात गर्ने वडाका रूपमा जिल्लाभर चिनिन थालेको छ ।

 

वडा कार्यालयले निकट भविष्यमै डिजिटल शिक्षा प्रवर्द्धन, शिक्षक क्षमता अभिवृद्धि, बालमैत्री विद्यालय वातावरण निर्माण, र स्थानीय विकासमा युवाको सहभागिता वृद्धि गर्ने कार्यक्रमहरू सार्वजनिक गर्दै गएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज