Advertisement

मन्त्रालयको आदेश मिच्दै बझाङमै अडिए डा. नवराज जोशी, नयाँ मेसु हेरेको हेर्यै

Advertisement

बझाङ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ दिनअघि डा. नवराज जोशी (संकेत नं. २१८५४७) लाई बझाङ जिल्ला अस्पतालबाट काज फिर्ता गर्दै सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको कार्यस्थलमा पठाउने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय अनुसार जारी चलानी नं. ३२७४, मिति २०८२/०२/०६ को आधिकारिक पत्रबमोजिम डा. जोशीले तत्कालै जिल्ला अस्पताल छोड्नुपर्ने थियो । तर, निर्णयको ६ दिन पुग्दासमेत डा. जोशी अस्पतालमै अडिएका छन्, जसले कर्मचारी आचरण र कानुनी व्यवस्थामाथि नै प्रश्न खडा गरिदिएको छ ।

प्रशासनिक ऐनअनुसार, काज फिर्ता गरिएपछि तीन दिनभित्र रमाना बुझाई कार्यभार तोकिएको स्थानमा रिपोर्ट गर्नु पर्ने स्पष्ट व्यवस्था छ । तर डा. जोशीले मन्त्रालयको सो आदेशलाई बेवास्ता गर्दै अझै पनि बझाङ जिल्ला अस्पतालको कार्यकक्ष नछोडेको पुष्टि भएको छ । यसबीच मन्त्रालयले डा. सन्दीप ओखेडालाई नयाँ मेसु (मुख्य स्वास्थ्य अधिकृत) को रूपमा बझाङमा पठाएको हो । तर डा. ओखेडा अस्पताल आइपुगेपनि कार्यभार लिन सकेका छैनन्, किनभने जोशीले साँचो बुझाउन र पद हस्तान्तरण गर्न नमानेका छन् ।

स्थानीय स्वास्थ्यकर्मी र प्रशासनले डा. जोशीप्रति गहिरो असन्तोष व्यक्त गरेका छन्। “लाज लजाईसक्यो, तर डा. जोशी अझै लजाएका छैनन्,” जिल्ला अस्पतालका एक कर्मचारीको प्रतिक्रिया थियो । एकपछि अर्को मन्त्रालयका निर्णय अवज्ञा गर्दै, पदमा बसिरहनु कर्मचारी सेवा नियमावली र सार्वजनिक आचारसंहिता दुवैको उल्लंघन भएको प्रष्ट बुझिन्छ ।

स्थानीय स्रोतहरूका अनुसार, डा. जोशीले अस्पताल नछोड्नुको पछाडि आर्थिक कारणहरू लुकेको हुन सक्ने गम्भीर आशंका व्यक्त गरिएको छ । विशेषगरी, अस्पतालमार्फत औषधि खरिद, उपकरण आपूर्ति, निर्माण तथा अन्य योजनाहरूको बाँकी रहेको ‘कमिसन’ लिन बाँकी भएकाले उनी जान नचाहेको दाबी गरिएको छ ।

नाम नखुलाउने सर्तमा अस्पतालका एक्जना कर्मचारी भन्छन्, “जोशीसाबले यहाँ ठूल्ठूला डिल मिलाएका छन्, काज फिर्ता भएपछि तुरुन्तै जानु पर्ने थिए तर बाँकी कुरो मिलाएर जानु पर्ने भयो भन्ने उनी आफैंले भनेको सुनेका छौँ।”

यो डा. जोशी पहिलोपटक विवादमा मुछिएका घटना भने पक्कै होइन । उनको नाम यसअघि पनि थुप्रै चिकित्सकीय लापरवाहीका घटनाहरूमा मुछिएको छ । कुनैबेला दायाँ हातको शल्यक्रिया गर्नु पर्ने बिरामीको बायाँ हात अप्रेसन गरिएको थियो भने अर्को घटना अनुसार, गर्भवती भएकी महिलाको रिपोर्टमा गर्भवती नभएको लेखिएको थियो । यी प्रकरणमा सार्वजनिक आक्रोश उठेपनि उनी प्रशासनिक संरक्षणका कारण निरन्तर सेवामा बहाल छन् ।

यस घटनाले स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमै शिथिलता, जिल्लास्तरीय प्रशासनिक कमजोरी र कर्मचारीहरूमा देखिएको मनोमानीपन उजागर गरेको छ । स्वास्थ्य मन्त्रालयको स्पष्ट निर्णयपश्चात पनि उही पुरानै ‘पावर’को भरमा सरकारी आदेशको अवहेलना गर्नुले शासन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज