स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका कुशल भुर्तेलले ६५ रन बनाएर कीर्तिमानी ११औं अर्धशतक पूरा गरे। आरिफ शेखले ३९ र भीम सार्कीले २७ रन बनाए।
यसअघि नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै ७ विकेट गुमाएर १७४ रन बनाएको थियो। माइकल लेभिटले ८६ रन बनाए।
नेपालका करण केसीले दुई विकेट लिए भने अन्य चार बलरले समान एक/एक विकेट लिए।
शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्। नेपालले अबसम्म तीन खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।

