Advertisement

समान व्यवहार परियोजनाले फेरिदियो गीताको जिन्दगी

Advertisement

धुर्ब बिष्ट बझाङ- कुनै समय आफ्नै जीवनलाई अन्त्य गर्ने निर्णयमा पुगिसकेकी बझाङको बुङ्गल नगरपालिका–११, धारघरकी गीता देवी बोहरा आज हाँस्न जान्छिन्, अरूलाई पनि आत्मनिर्भर बन्ने बाटो देखाइरहेकी छन्। एक नारीको साहस, पीडा, र पुनर्जन्मको कथा अहिले गाउँघरमा प्रेरणाको स्रोत बनेको छ।
गिता देवीको जीवनले सामान्य विवाहको कथा बोकेको थियो। आजभन्दा १२ वर्षअघि, बित्थडचिर गाउँपालिकाकी उनी रामबहादुर बोहरासँग विवाह बन्धनमा बाँधिएकी थिइन्। सुरुका दिन राम्रैसँग गुज्रियो। तर बिस्तारै राम बहादुर रक्सीको कुलतमा फसे। जति समय बित्दै गयो, उति उनी घरबार र जिम्मेवारीबाट टाढिँदै गए। आर्थिक संकट, झगडा, र श्रीमतीमाथिको शारीरिक तथा मानसिक यातनाले गीता देवीको जीवन अन्धकारमा धकेलिँदै गयो।
उनी आफैँलाई निरर्थक महसुस गर्न थालिन्। आत्महत्या गर्न बारम्बार कोशिस गरिन्। तर नियतिले उनलाई नयाँ बाटो देखायो।

समान व्यवहार परियोजनाको हस्तक्षेप
गाउँमा “युनाइटेड मिसन टु नेपाल” र “दलित सहयोग समाज” द्वारा सञ्चालित समान व्यवहार परियोजना सुरु भयो। घरेलु हिंसा, छाउपडी, जातीय विभेदजस्ता सामाजिक विकृतिहरू विरुद्ध जागरुकता फैलाउँदै, महिला समूह निर्माण गर्दै जाने यो परियोजनाले गीताको जीवनमा आशाको घाम झुल्कायो।
गिता देवी पनि एक सदस्यको रूपमा समूहमा जोडिइन्। उनी पहिलोपटक खुल्ला रूपमा आफ्ना पीडा बाँड्न सक्ने बनिन्। उनका कुरा सुनेर संस्थाले तत्कालै फिल्ड सहजकर्ता कलामती सिंहको नेतृत्वमा टोली घरमै पठायो। श्रीमान् राम बहादुरलाई बुझाउने प्रयास सुरु भयो।
सुरुमा राम बहादुरले तर्साउने, धम्क्याउनेसम्म गरे। तर समूहले हार मानेन। पटक–पटक संवाद, समझदारी र सहकार्यको प्रयास गर्दै जाँदा राम बहादुरमा बिस्तारै परिवर्तन आउन थाल्यो। उनी आफ्नो विगत सम्झिए — घरको नाजुक अवस्था, सामाजिक लज्जा, र आफ्नै जिम्मेवारी।

जुन दिनबाट पुनर्जन्म भयो
संस्थाको निरन्तर साथले आज राम बहादुर घर बनाउने दक्ष डकर्मी बनेका छन्। गीता देवी स्वयं जनप्रीय लक्षित समूहकी सहजकर्ता बनिसकेकी छिन्।
परियोजनाले उनलाई ६ महिनाको नि:शुल्क सिलाइ-कटाइ तालिम दियो। अहिले उनी टिनको टहरामा सिलाइ मेसिनसहित आफैंको सानो व्यावसाय चलाइरहेकी छिन्, जहाँबाट दैनिक न्यूनतम ८ सय रुपैयाँ कमाइ हुन्छ। गाई, गोरु र खेतीपातीको व्यस्तता हुँदाहुँदै पनि उनले सिलाइलाई प्राथमिकता दिएकी छिन्।
उनकी तीन सन्तानमध्ये एकको जीवन बीमासमेत गराएकी छिन्। समूहका अन्य योजनामा पनि उनी सक्रिय छन्, नियमित बचत गर्छिन्। गिता देवी भन्छिन्,
“आज म बाँचेकी छु भने यो सस्था र परियोजनाको कारणले हो। मलाई लाग्छ मैले दोश्रोपटक जन्म पाएकी छु।”

सिर्जनात्मक विकासको सशक्त नमूना
समान व्यवहार परियोजनाले बुङ्गल नगरपालिकाका विभिन्न वडाहरूमा नारी सशक्तिकरणसँगै जीविकोपार्जनका अवसरहरू पनि सिर्जना गरिरहेको छ। बाख्रापालन, कुखुरापालन, भैंसी वितरणदेखि लिएर घुम्ती कोषमार्फत सस्तो ब्याजमा ऋण उपलब्ध गराइएको छ — जसको प्रत्यक्ष फाइदा गाउँका आमनागरिकले उठाइरहेका छन्।
गीता देवी बोहराको जीवन परिवर्तन एउटा प्रमाण हो — यदि साथ, समझदारी र अवसर पाइयो भने, सबल महिला बन्ने बाटो कोही पनि हिँड्न सक्छ। गीताको कथा अब आँसुको होइन, आशाको कथा हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज