Advertisement

समान व्यवहार परियोजनाले फेरिदियो गीताको जिन्दगी

Advertisement

धुर्ब बिष्ट बझाङ- कुनै समय आफ्नै जीवनलाई अन्त्य गर्ने निर्णयमा पुगिसकेकी बझाङको बुङ्गल नगरपालिका–११, धारघरकी गीता देवी बोहरा आज हाँस्न जान्छिन्, अरूलाई पनि आत्मनिर्भर बन्ने बाटो देखाइरहेकी छन्। एक नारीको साहस, पीडा, र पुनर्जन्मको कथा अहिले गाउँघरमा प्रेरणाको स्रोत बनेको छ।
गिता देवीको जीवनले सामान्य विवाहको कथा बोकेको थियो। आजभन्दा १२ वर्षअघि, बित्थडचिर गाउँपालिकाकी उनी रामबहादुर बोहरासँग विवाह बन्धनमा बाँधिएकी थिइन्। सुरुका दिन राम्रैसँग गुज्रियो। तर बिस्तारै राम बहादुर रक्सीको कुलतमा फसे। जति समय बित्दै गयो, उति उनी घरबार र जिम्मेवारीबाट टाढिँदै गए। आर्थिक संकट, झगडा, र श्रीमतीमाथिको शारीरिक तथा मानसिक यातनाले गीता देवीको जीवन अन्धकारमा धकेलिँदै गयो।
उनी आफैँलाई निरर्थक महसुस गर्न थालिन्। आत्महत्या गर्न बारम्बार कोशिस गरिन्। तर नियतिले उनलाई नयाँ बाटो देखायो।

समान व्यवहार परियोजनाको हस्तक्षेप
गाउँमा “युनाइटेड मिसन टु नेपाल” र “दलित सहयोग समाज” द्वारा सञ्चालित समान व्यवहार परियोजना सुरु भयो। घरेलु हिंसा, छाउपडी, जातीय विभेदजस्ता सामाजिक विकृतिहरू विरुद्ध जागरुकता फैलाउँदै, महिला समूह निर्माण गर्दै जाने यो परियोजनाले गीताको जीवनमा आशाको घाम झुल्कायो।
गिता देवी पनि एक सदस्यको रूपमा समूहमा जोडिइन्। उनी पहिलोपटक खुल्ला रूपमा आफ्ना पीडा बाँड्न सक्ने बनिन्। उनका कुरा सुनेर संस्थाले तत्कालै फिल्ड सहजकर्ता कलामती सिंहको नेतृत्वमा टोली घरमै पठायो। श्रीमान् राम बहादुरलाई बुझाउने प्रयास सुरु भयो।
सुरुमा राम बहादुरले तर्साउने, धम्क्याउनेसम्म गरे। तर समूहले हार मानेन। पटक–पटक संवाद, समझदारी र सहकार्यको प्रयास गर्दै जाँदा राम बहादुरमा बिस्तारै परिवर्तन आउन थाल्यो। उनी आफ्नो विगत सम्झिए — घरको नाजुक अवस्था, सामाजिक लज्जा, र आफ्नै जिम्मेवारी।

जुन दिनबाट पुनर्जन्म भयो
संस्थाको निरन्तर साथले आज राम बहादुर घर बनाउने दक्ष डकर्मी बनेका छन्। गीता देवी स्वयं जनप्रीय लक्षित समूहकी सहजकर्ता बनिसकेकी छिन्।
परियोजनाले उनलाई ६ महिनाको नि:शुल्क सिलाइ-कटाइ तालिम दियो। अहिले उनी टिनको टहरामा सिलाइ मेसिनसहित आफैंको सानो व्यावसाय चलाइरहेकी छिन्, जहाँबाट दैनिक न्यूनतम ८ सय रुपैयाँ कमाइ हुन्छ। गाई, गोरु र खेतीपातीको व्यस्तता हुँदाहुँदै पनि उनले सिलाइलाई प्राथमिकता दिएकी छिन्।
उनकी तीन सन्तानमध्ये एकको जीवन बीमासमेत गराएकी छिन्। समूहका अन्य योजनामा पनि उनी सक्रिय छन्, नियमित बचत गर्छिन्। गिता देवी भन्छिन्,
“आज म बाँचेकी छु भने यो सस्था र परियोजनाको कारणले हो। मलाई लाग्छ मैले दोश्रोपटक जन्म पाएकी छु।”

सिर्जनात्मक विकासको सशक्त नमूना
समान व्यवहार परियोजनाले बुङ्गल नगरपालिकाका विभिन्न वडाहरूमा नारी सशक्तिकरणसँगै जीविकोपार्जनका अवसरहरू पनि सिर्जना गरिरहेको छ। बाख्रापालन, कुखुरापालन, भैंसी वितरणदेखि लिएर घुम्ती कोषमार्फत सस्तो ब्याजमा ऋण उपलब्ध गराइएको छ — जसको प्रत्यक्ष फाइदा गाउँका आमनागरिकले उठाइरहेका छन्।
गीता देवी बोहराको जीवन परिवर्तन एउटा प्रमाण हो — यदि साथ, समझदारी र अवसर पाइयो भने, सबल महिला बन्ने बाटो कोही पनि हिँड्न सक्छ। गीताको कथा अब आँसुको होइन, आशाको कथा हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज