Advertisement

मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै

Advertisement

बझाङ: बझाङको मष्टा गाउँपालिकामा विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा आमूल परिवर्तन ल्याउने बाटो खुलेको छ । गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको अथक प्रयास र दिगो नेतृत्वको परिणामस्वरूप संघीय सरकारबाट २० करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ ।

कहिल्यै पनि राज्यका प्राथमिकतामा नपरेको, सुविधाबाट टाढिएको र अवसरका ढोका पटक–पटक बन्द भएका मष्टामा अहिले भने आशाका ढोका खुलेका छन् । अध्यक्ष बोहरा एक गाउँपालिकाको मात्र होइन, अहिले जिल्लाकै युवा नेतृत्वको प्रतीक बन्न थालेका छन् ।

थुप्रै सरकारी तथा गैसस निकायहरूमा लामो समय काम गरेर व्यावहारिक अनुभव आर्जन गरिसकेका अध्यक्ष बोहराले गाउँपालिका सम्हालेदेखि नै ‘विकास, न्याय र जनताको भरोसा’ भन्ने मूल मन्त्रमा विश्वास गर्दै आएका छन् ।

अध्यक्ष बोहराको निरन्तर काठमाडौं यात्राको फलस्वरूप संघीय बजेटबाट मष्टाका विभिन्न ठाउँमा सामाजिक, भौतिक, शैक्षिक र पूर्वाधार विकासका महत्वपूर्ण योजना पारित भएका छन् । प्राप्त विवरण अनुसार निम्न योजना केन्द्रबाट स्वीकृत भएका छन्:

१. डुङ्ग्री–लेकी–खेतकोट–उकाली–भातेखोला–ढडार–मष्टा सडक स्तरोन्नति: रु. ९ करोड ६० लाख
२. धौलाभिर–घोडीलेक सडक निर्माण तथा स्तरोन्नति (मष्टा–७): रु. ३ करोड
३. देवसैन–रिलु–दय सडक: रु. ३ करोड
४. सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम: रु. १ करोड ५६ लाख
५. वडा नं. ४ को भातेखोला–ठाना बस्ति सुधार कार्यक्रम: रु. ४० लाख
७. गाउँपालिका हुँदै मष्टा मन्दिर पदमार्ग निर्माण: रु. २५ लाख
८. शारदा मावि, धेरवारको सुधार र खेलमैदान निर्माण: रु. २५ लाख
९. घोडीलेक सडक स्तरोन्नति (मष्टा): पुनः रु. ३ करोड
१०. कुलमष्ट्रजन मावि तथा प्राविधिक विद्यालयको मैदान मर्मत तथा घेरबार: रु. २० लाख

अध्यक्ष बोहराका अनुसार, संघीय सरकारको “रातो किताब” मार्फत अझै थुप्रै योजनाहरू विनियोजनको प्रक्रियामा छन् । यसले मष्टालाई आगामी केही वर्षभित्रै आर्थिक, भौतिक र सामाजिक दृष्टिले आत्मनिर्भर बनाउने सम्भावना थप प्रबल बनाएको छ ।

मष्टाका स्थानीय बासिन्दाहरूले बोहरालाई “गरिबी निवारणको आशा बोकेको नेता” का रूपमा लिँदै आएका छन् । उनी निर्वाचित भएदेखि नै गाउँपालिकामा सुशासन, पारदर्शिता र नतिजामूलक कामप्रति उनको प्रतिबद्धता झल्किएको देखिन्छ ।

बोहरा नेतृत्वमा गाउँपालिका कार्यालयले शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, बस्ती सुधार, र धार्मिक पर्यटनलाई समान महत्व दिएको छ । मष्टा मन्दिरको पदमार्ग निर्माणदेखि लिएर ग्रामीण सडक विस्तारसम्मका कामहरूमा अब स्थानीय युवाको समेत रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

मष्टा गाउँपालिकाको सम्पूर्ण टिमले एकजुट प्रयासमार्फत गरेको ऐतिहासिक पहलप्रति बधाई दिँदै अध्यक्ष बोहराले भने, “गाउँमा शिक्षाको उज्यालो फैलाउन, स्वास्थ्यलाई पहुँचयोग्य बनाउने र पूर्वाधार निर्माण गरेर गरिबी निवारण गर्न हामी प्रतिबद्ध छौं।”

उनले बजेट विनियोजनमा सहयोग पुर्‍याउने सबै संघीय मन्त्रालय, योजना आयोग, सांसदहरू र सरोकारवालाप्रति आभार प्रकट गर्दै भने, “यो सफलता मष्टाका जनताको साझा उपलब्धि हो।”

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज