Advertisement

मष्टामा २० करोड बढिको बजेट: अध्यक्ष बोहराको पहलले गाउँमा विकासको नयाँ युग सुरु हुँदै

Advertisement

बझाङ: बझाङको मष्टा गाउँपालिकामा विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा आमूल परिवर्तन ल्याउने बाटो खुलेको छ । गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको अथक प्रयास र दिगो नेतृत्वको परिणामस्वरूप संघीय सरकारबाट २० करोड रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ ।

कहिल्यै पनि राज्यका प्राथमिकतामा नपरेको, सुविधाबाट टाढिएको र अवसरका ढोका पटक–पटक बन्द भएका मष्टामा अहिले भने आशाका ढोका खुलेका छन् । अध्यक्ष बोहरा एक गाउँपालिकाको मात्र होइन, अहिले जिल्लाकै युवा नेतृत्वको प्रतीक बन्न थालेका छन् ।

थुप्रै सरकारी तथा गैसस निकायहरूमा लामो समय काम गरेर व्यावहारिक अनुभव आर्जन गरिसकेका अध्यक्ष बोहराले गाउँपालिका सम्हालेदेखि नै ‘विकास, न्याय र जनताको भरोसा’ भन्ने मूल मन्त्रमा विश्वास गर्दै आएका छन् ।

अध्यक्ष बोहराको निरन्तर काठमाडौं यात्राको फलस्वरूप संघीय बजेटबाट मष्टाका विभिन्न ठाउँमा सामाजिक, भौतिक, शैक्षिक र पूर्वाधार विकासका महत्वपूर्ण योजना पारित भएका छन् । प्राप्त विवरण अनुसार निम्न योजना केन्द्रबाट स्वीकृत भएका छन्:

१. डुङ्ग्री–लेकी–खेतकोट–उकाली–भातेखोला–ढडार–मष्टा सडक स्तरोन्नति: रु. ९ करोड ६० लाख
२. धौलाभिर–घोडीलेक सडक निर्माण तथा स्तरोन्नति (मष्टा–७): रु. ३ करोड
३. देवसैन–रिलु–दय सडक: रु. ३ करोड
४. सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रम: रु. १ करोड ५६ लाख
५. वडा नं. ४ को भातेखोला–ठाना बस्ति सुधार कार्यक्रम: रु. ४० लाख
७. गाउँपालिका हुँदै मष्टा मन्दिर पदमार्ग निर्माण: रु. २५ लाख
८. शारदा मावि, धेरवारको सुधार र खेलमैदान निर्माण: रु. २५ लाख
९. घोडीलेक सडक स्तरोन्नति (मष्टा): पुनः रु. ३ करोड
१०. कुलमष्ट्रजन मावि तथा प्राविधिक विद्यालयको मैदान मर्मत तथा घेरबार: रु. २० लाख

अध्यक्ष बोहराका अनुसार, संघीय सरकारको “रातो किताब” मार्फत अझै थुप्रै योजनाहरू विनियोजनको प्रक्रियामा छन् । यसले मष्टालाई आगामी केही वर्षभित्रै आर्थिक, भौतिक र सामाजिक दृष्टिले आत्मनिर्भर बनाउने सम्भावना थप प्रबल बनाएको छ ।

मष्टाका स्थानीय बासिन्दाहरूले बोहरालाई “गरिबी निवारणको आशा बोकेको नेता” का रूपमा लिँदै आएका छन् । उनी निर्वाचित भएदेखि नै गाउँपालिकामा सुशासन, पारदर्शिता र नतिजामूलक कामप्रति उनको प्रतिबद्धता झल्किएको देखिन्छ ।

बोहरा नेतृत्वमा गाउँपालिका कार्यालयले शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, बस्ती सुधार, र धार्मिक पर्यटनलाई समान महत्व दिएको छ । मष्टा मन्दिरको पदमार्ग निर्माणदेखि लिएर ग्रामीण सडक विस्तारसम्मका कामहरूमा अब स्थानीय युवाको समेत रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

मष्टा गाउँपालिकाको सम्पूर्ण टिमले एकजुट प्रयासमार्फत गरेको ऐतिहासिक पहलप्रति बधाई दिँदै अध्यक्ष बोहराले भने, “गाउँमा शिक्षाको उज्यालो फैलाउन, स्वास्थ्यलाई पहुँचयोग्य बनाउने र पूर्वाधार निर्माण गरेर गरिबी निवारण गर्न हामी प्रतिबद्ध छौं।”

उनले बजेट विनियोजनमा सहयोग पुर्‍याउने सबै संघीय मन्त्रालय, योजना आयोग, सांसदहरू र सरोकारवालाप्रति आभार प्रकट गर्दै भने, “यो सफलता मष्टाका जनताको साझा उपलब्धि हो।”

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज