Advertisement

भीमदत्त उत्कृष्ट कृषक पुरस्कारका लागि आज ल्वाडा र खोरीमा कृषि ज्ञान केन्द्र बझाङद्वारा अनुगमन

Advertisement

बझाङ ।

जिल्ला स्तरमा वितरण गरिने भीमदत्त उत्कृष्ट कृषक पुरस्कारको तयारीस्वरूप कृषि ज्ञान केन्द्र बझाङले आज छबिसपाथिभेरा गाउँपालिका–६ ल्वाडा र ७ अन्तर्गत पर्ने खोरी क्षेत्रमा स्थलगत कृषि अनुगमन सम्पन्न गरेको छ ।

अनुगमन टोलीको नेतृत्व वाली संरक्षण प्राविधिक समितिका संयोजक तथा कृषि ज्ञान केन्द्र बझाङका सहायक वाली संरक्षण अधिकृत जनक सिंहले गरेका थिए । टोलीमा भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयमा कार्यरत समिति सदस्य जय बहादुर खड्का र समन्वय समितिका यज्ञ खत्री सहभागी थिए ।

कृषकहरूको उत्पादन प्रणाली, व्यवस्थापन सीप, प्रविधिको प्रयोग, मेहनत तथा योगदानको मूल्याङ्कन गरी बझाङ जिल्लाभरिबाट छनोट गरिने उत्कृष्ट तीन जना कृषकहरूलाई यो पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितात्मक मूल्याङ्कनका आधारमा छनोटमा पर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कृषकलाई क्रमशः रु २५,००० नगद पुरस्कार प्रदान गरिनेछ ।

अनुगमन टोलीले खोरी क्षेत्रका खेतबारी, पशुपालन, बाली व्यवस्थापन, रोग नियन्त्रण, मल प्रयोग र कृषकहरूको सक्रियता अवलोकन गरेको थियो ।

अनुगमनपछिको अन्तरक्रियामा संयोजक जनक सिंहले भने, “यहाँका कृषकहरूले धेरै राम्रो काम गर्नुभएको छ। तर तालिमको अभाव देखिन्छ। त्यसैले आगामी दिनमा आवश्यक तालिमहरू सञ्चालन गरिनेछ।” उनले खेतीमा निरन्तर उत्कृष्टता देखाउने कृषकहरूलाई केन्द्रबाट अनुदानको व्यवस्था गरिने पनि जानकारी गराए । साथै उनले थपे “भीमदत्त उत्कृष्ट पुरस्कारको लागि हालसम्म कृषि तथा पशु सेवा तर्फबाट जिल्लाभरिबाट १७ वटा आवेदन प्राप्त भएका छन् र तिनै आधारमा अनुगमन कार्य भइरहेको छ ।”

खोलापारी कृषक समूहका अध्यक्ष मकर बोहराले कृषि ज्ञान केन्द्रको सहयोगले कृषकहरूमा आत्मविश्वास बढेको र उत्पादनमा पनि सुधार आएको बताए । “उब्जनी राम्रो भएको छ, तर अहिलेको मुख्य चुनौती भनेको बजार नपाइनु हो,” उनले भने ।

अनुगमन टोलीले जिल्लाका अन्य स्थानहरुमा पनि स्थलगत अनुगमन गरि प्राबिधिक समितिले मुल्यांकनका आधारमा पुरस्कार प्रदान गरिन बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज