Advertisement

सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

Advertisement

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ देखिएको छ । सार्वजनिक ऋण व्यस्थापन कार्यालयले आइतबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । चालू आवको १० महिनामा मात्रै यो एक खर्ब ८८ अर्ब ३० करोड रुपैयाँले बढेको छ ।

गत आवको अन्त्यसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ थियो । त्यसमा समीक्षा अवधिमा सरकारको ऋण प्राप्ति तीन खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ छ भने ऋण भुक्तानी दुई खर्ब ५० अर्ब ७१ करोड रुपैयाँ छ । यसैगरी, विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनले ऋणको दायित्वको ४८ अर्ब १९ करोड रुपैयाँ थपिएको थियो । यसरी वैशाख  मसान्तसम्म सरकारको ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ कायम भएको हो । त्यसमा आन्तरिक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ र विदेशी ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ छ ।

गत असारसम्म सरकारको आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ थियो । त्यसमा चालू आवको समीक्षा अवधिमा सरकारले तीन खर्ब एक अर्ब १४ करोड रुपैयाँ आन्तरिक ऋण लिएको छ । यसैगरी, दुई खर्ब १५ अर्ब ३३ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी गरेको छ । वैशाख मसान्तसम्म आउँदा आन्तरिक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ । यस अवधिमा आन्तरिकतर्फ ब्याजबापत ५० अर्ब ३३ करोड रुपैयाँ थप भुक्तानी गरिएको छ ।

यस्तै, गत असारसम्म सरकारको बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो । त्यसमा समीक्षा अवधिमा सरकारले ८९ अर्ब ६८ करोड रुपैयाँबराबरको बाह्य ऋण प्राप्ति गरेको छ । बाह्य ऋणको साँवा भुक्तानी भने ३५ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । विदेशी मुद्रामा आएको परिवर्तनले त्यस्तो ऋणको दायित्व थप ४८ अर्ब १९ करोड रुपैयाँ थपिएको छ । त्यसरी वैशाख मसान्तसम्म आउँदा सरकारको बाह्य ऋण १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । यस अवधिमा बाह्य ऋणको ब्याजबापत सात अर्ब नौ करोड रुपैयाँबराबरको थप भुक्तानी गरिएको छ ।

यो वर्ष सरकारले ऋणको साँवा–ब्याज तिर्न चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ । त्यसमा समीक्षा अवधिमा सरकारले साँवा र ब्याज गरेर कुल तीन खर्ब आठ अर्ब १४ करोड रुपैयाँ भुक्तानी गरेको छ । त्यसमा ब्याज मात्रै ५७ अर्ब ४२ करोड र साँवा दुई खर्ब ५० अर्ब ७१ करोड रुपैयाँ रहेको छ । अब सरकारले यो वर्ष ९४ अर्ब ७० करोड रुपैयाँ ऋण भुक्तानी गर्नेछ । त्यसमा ४९ अर्ब साँवा र ४५ अर्ब ६९ करोड रुपैयाँ ब्याज भुक्तानी गर्ने तालिका छ ।

सरकारले चालू आर्थिक वर्षमा कुल पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ, जसमा वैशाख मसान्तसम्म तीन खर्ब ९० अर्ब ८३ करोड प्राप्ति भएको छ । जुन वार्षिक लक्ष्यको तुलनामा ७१.४५ प्रतिशत हो । यस वर्ष तीन खर्ब ३० अर्ब आन्तरिक ऋण परिचालनको लक्ष्य लिइएकोमा वैशाख मसान्तसम्ममा ९१.२५ प्रतिशत अर्थात् तीन खर्ब ११ अर्ब १४ करोड उठाइएको छ । त्यस्तै, दुई खर्ब १७ अर्ब बाह्य ऋण परिचालनको लक्ष्य लिइएकोमा ४१.३३ प्रतिशत अर्थात् ८९ अर्ब ६८ करोड उठाएको छ । वार्षिक लक्ष्यअनुसार सरकारले बाँकी दुई महिनामा २८ अर्ब ८५ करोड आन्तरिक र एक खर्ब २७ अर्ब ३१ करोड बाह्य गरी कुल एक खर्ब ५६ अर्ब १६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्न सक्नेछ ।

आर्थिक वर्ष सकिँदै गर्दा सरकार स्रोतको व्यवस्थापनको चापमा छ । स्रोत व्यस्थापनमा ऋण पनि उपयुक्त विकल्प मानिन्छ । तर, सरकारले बाह्य ऋण परिचालन गर्नै सकेको देखिन्न । आन्तरिक ऋण भने ९१ प्रतिशतभन्दा बढी खपत गरिसकेको छ । अब स्रोतको चाप परिरहँदा सरकारले ऋणमार्फत पनि धेरै रकम उठाउने अवस्था देखिन्न । अब आन्तरिकतर्फ ऋण उठाउन सकिने सीमा २८ अर्ब ८५ करोड रुपैयाँ मात्रै छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज