Advertisement

अध्यक्षमा माहाओम राज जोशीको नेतृत्वमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन सम्पन्न

Advertisement

कैलाली: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले माहाओम राज जोशीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । अध्यक्ष पदका दावेदार ६ जना रहेका भए पनि अन्ततः सर्वसम्मत निर्णयले जोशी अध्यक्ष चुनिएका हुन् । उपाध्यक्षमा दिपक राज विष्ट, समावेशी उपाध्यक्षमा उषा वलम्पाकी, सचिवमा लक्ष्मी राज जोशी, कोषाध्यक्षमा कुशुम शर्मा, उपसचिवमा नरेन्द्र बहादुर कठायत र समावेशी उपसचिवमा भानुमती राना निर्वाचित भएका छन् ।
महासंघको नयाँ कार्यसमितिमा सदस्यहरूका रूपमा चन्द्र बहादुर विष्ट, आरती वड, मीन बहादुर धामी, लक्ष्मी उपाध्याय, आनन्द प्रशाद भट्ट, जितराज भट्ट, नरेश विष्ट, विकास विष्ट, रुपा जैशी, बल बहादुर बुढा, नरेन्द्र गैरे र साधुराम राना चयन भएका छन् ।
अधिवेशनको प्रमुख अतिथी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डा. झलक शर्मा गौतम रहेका थिए । उनले आफ्नो मन्तव्यका क्रममा स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण, पेशागत सुरक्षाको सुनिश्चितता, र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महासंघले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । साथै, उनले नयाँ नेतृत्वलाई सबै प्रदेशका स्वास्थ्यकर्मीहरूको समस्यामा केन्द्रित भई, प्रभावकारी कदम चाल्न आग्रह गरे । उपाध्यक्ष भिम राज सिंहले पनि महासंघको सक्रियता र स्वास्थ्यकर्मीहरूको हितका लागि निरन्तर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
विशिष्ट अतिथी नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि पार्टी सचिव रण बहादुर चन्दले स्वास्थ्यकर्मीहरूलाई राष्ट्र निर्माणको महत्त्वपूर्ण अंगको रूपमा लिँदै, उनीहरूको सुरक्षाका लागि नीतिगत सुधारको खाँचो रहेको बताए । कार्यक्रमको अध्यक्षता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका निवर्तमान अध्यक्ष तप्त भण्डारीले गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष माहाओम राज जोशीले आफ्नो मन्तव्यमा स्वास्थ्यकर्मीहरूको हकहित र समस्याहरू समाधानका लागि नयाँ कार्यसमिति पूर्ण रूपमा समर्पित रहने बताए । उनले भने, ‘स्वास्थ्यकर्मीहरूको हक र अधिकारका लागि हामी निरन्तर लड्नेछौँ। सेवा क्षेत्रको मर्यादा र स्वास्थ्यकर्मीहरूको प्रतिष्ठा जोगाउन सबैको सहकार्य अपरिहार्य छ।’ साथै, उनले स्वास्थ्य सेवामा गुणस्तरीयता र पहुँचलाई सुनिश्चित गर्न सबै सदस्यहरूलाई एकजुट भएर काम गर्न आह्वान गरे ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको स्थापना २०६२ सालमा भएको हो । यसले स्वास्थ्यकर्मीहरूको पेशागत हक, हित र अधिकारको संरक्षण गर्दै, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । महासंघको प्राथमिक उद्देश्य स्वास्थ्यकर्मीहरूको मर्यादा, पेशागत अधिकार र सेवा सुरक्षालाई सुनिश्चित गर्नु हो ।
महासंघले नेपालभर स्वास्थ्यकर्मीहरूको अधिकार सुनिश्चित गर्न प्रशिक्षण, गोष्ठी र विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । साथै, स्वास्थ्य नीति निर्माणमा समेत प्रभावकारी भूमिका खेल्दै आएको छ ।
कार्यक्रममा विभिन्न पत्रकार, स्वास्थ्यकर्मी, तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनिय उपस्थिति रहेको थियो । सहभागीहरूले स्वास्थ्य क्षेत्रका चुनौतीहरू, सुधारका उपायहरू, र स्वास्थ्यकर्मीहरूको भूमिका सम्बन्धमा विचार-विमर्श गरेका थिए । प्रमुख अतिथी डा. गौतमले स्वास्थ्य क्षेत्र सुधार र स्वास्थ्यकर्मीहरूको हकहितको पक्षमा महासंघको भूमिका अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज