Advertisement

घरमा होइन मध्यरात लाँकुरी भञ्ज्याङ स्थित टेरेस रिसोर्टमा लडेका थिए प्रचण्ड

Advertisement

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरमा नभई मध्यरात ललितपुर लाँकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ।

प्राप्त जानकारीअनुसार माओवादी केन्द्रका अध्यक्ष छोरी–ज्वाइँ र केही नजिकका आफन्तसहित मंगलबार साँझ लाँकुरी भञ्ज्याङको रिसोर्ट पुगेका थिए। उनी त्यहाँ रात बिताउने गरी गएका थिए।

प्रचण्ड मंगलबार मध्यराति लडेको र तुरून्तै मेडिसिटी ल्याइएको उच्च स्रोतले जानकारी दियो।

‘उहाँलाई दुई बजेतिर मेडिसिटी ल्याइएको थियो। सामान्य उपचारपछि साढे चार बजेतिर डिस्चार्ज गरिएको हो,’ स्रोतले भन्यो।

प्रचण्डको टाउकामा तीनवटा टाँका लगाइएको छ भने उनको स्वास्थ्यावस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दियो।

उनकी छोरी गंगा दाहालले पनि बाथरूममा चिप्लिएर अध्यक्ष प्रचण्डको निधारको बाहिरी भागमा सामान्य चोट लागेको फेसबुकमा लेखेकी थिइन्। तर कहाँ लडेको उल्लेख गरेकी थिइनन्। उनले बाथरूममा लडेको मात्रै उल्लेख गरेकाले मानिसहरूले घरमै लडेको अनुमान गरेका थिए।

‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद!,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्।

टेरेस रिसोर्ट काठमाडौं उपत्यकाको महँगोमध्ये पर्छ। त्यहाँ सामान्य कोठाको मूल्य नै ३१ हजार ७ सय २५ रूपैयाँ पर्ने उक्त रिसोर्टले वेब साइटमा उल्लेख गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज