Advertisement

बझाङका स्थानीय यार्चा पाइने पाटनतिर, गाउँघर रित्तिदैँ

Advertisement

बझाङ — हिमाली बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलनको समय सुरु भएसँगै बझाङका स्थानीय यार्चा पाइने पाटन (लेक) तिर जान थालेका छन् । यार्चागुम्बा मुख्य आयस्रोत भएकाले स्थानीयहरू आवश्यक उपभोग्य सामग्रीसहित पाटन पुग्न थालेका हुन् ।
जिल्लाको बुङ्गल नगरपालिका, सुर्मा, साइपाल, छबिसपाथिभेरा, दुर्गाथलि, मष्टा , तलकोट गाउँपालिका लगायत क्षेत्रका बासिन्दाहरूले सातु–सामल (खानेकुरा, ओढ्ने ओछ्याउने सामग्री) सहित यार्चा पाइने पाटनतिर पुग्न थालेको स्थानीयहरूले बताए ।
स्थानीयहरू बाटोको अवस्था, हिउँको अवस्थालगायत प्रारम्भिक जानकारी लिएर फर्किरहेका छन् भने केही दिनमै यार्चा सङ्कलनका लागि पाटनमै बसाइ सर्ने तयारीमा छन् ।

बझाङको बुङ्गल नगरपालिका , सुर्मा गाउँपालिका, साइपाल गाउँपालिका लगायतका पाटनमा यार्चागुम्बा पाइन्छ । यार्चा र अन्य जडीबुटीहरू अधिकांश स्थानीयको जीविकोपार्जनको आधार बनेका छन् ।

यस क्षेत्रका नागरिकले बैशाख जेठ असार ३ महिना यार्चागुम्बा संकलन गरेर जीविका चलाइरहेका छन् ।
यार्चागुम्बा संकलन गर्ने यो समयमा गाउँघर रित्तो  र लेकालि भूभाग भरिभराउ हुने गरेका छन् । यो समय गाउँघरमा बुढापाखा अशक्त र बालबालिकालाई मात्रै भेटिन्छन् । यार्चागुम्बु संकलन गर्नु आफ्नो जीविकोपार्जन गर्ने पाटो भएको सुर्मा गाउँपालिका- ४ का स्थानीयहरूले बताए ।
उनीहरू भन्छन् , गाउँका अधिकांश घरमा ताला लगाए लेकतिर जाने गरेका छन् ।

यार्चागुम्बा संकलनका क्रममा कतिपयको ज्यान समेत जाने गरेको छ । हिमपहिरो, भिरबाट लडेर, चिसोले कठ्याग्रिएर र लेक लगाएर कयौं मृत्युु भएको हो । तर जीविका चलाउने एउटै यहीँ माध्यम भएका कारण लेकतिर जानेको संख्यामा भने कमि आउन सकेको छैन । जीवनलाई मृत्युको मुखमा राखेर यहाँका नागरिकले ३ महिना लेकतिर (हिमाल) मा त्रिपाल मुनि समय विताउने गर्छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज