Advertisement

संसदको बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

Advertisement

काठमाडौं- संघीय संसद्को बजेट अधिवेशन आज (बिहीबार) दिउँसो १ बजेबाट सुरु हुँदैछ। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यसपटक सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ। शिक्षक आन्दोलनका माग सम्बोधन गर्न सरकारले यो अधिवेशन अघिल्लो अभ्यासभन्दा केही साताअघि नै बोलाएको हो।

विद्यालय शिक्षा विधेयक पारित गर्न दबाब दिँदै शिक्षकहरू तीन साता देखिको आन्दोलनमा छन्। साथै, संघीय निजामती सेवा विधेयक छिटो पारित गर्नुपर्ने माग पनि सरकारमाथि छ।

राजनीतिक दलहरू पनि अधिवेशनका लागि आ–आफ्नो रणनीतिमा जुटेका छन्। प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले संसदमा सशक्त भूमिका खेल्ने बताएको छ। उसले शिक्षा विधेयकलाई अघि बढाउन दबाब दिने निर्णय गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले जनहितमा प्रभावकारी भूमिका खेल्ने जनाएको छ भने नेकपा एमालेले आजै संसदीय दलको बैठक बोलाएको छ।

बजेट अधिवेशनको पहिलो दिन नेपाली कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, एमालेबाट गोकर्ण विष्टले धारणा राख्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीले सुरुमै सम्बोधन गर्ने भए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने गोरखा गएका छन्। माओवादीबाट कसले बोल्ने भन्ने अझै तय भइसकेको छैन। रास्वपाबाट भने डीपी आर्यालले संसदमा बोल्ने छन्।

आजको बैठकमा शून्य र विशेष समयको कार्यसूची भने राखिएको छैन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज