काठमाण्डाै– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले नयाँ तालिका सार्वजनिक गर्दै परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ।
यसअघि परीक्षा वैशाख ११ गतेदेखि सुरु गर्ने भनिएको थियो। तर, काठमाडौंमा जारी शिक्षक आन्दोलनका कारण बोर्डले पूर्वनिर्धारित मितिमा परीक्षा नगर्ने निर्णय गरेको हो।



