Advertisement

जयपृथ्वी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तिलक बोहरा

Advertisement

बझाङ — जयपृथ्वी बहुमुखी क्याम्पस, बझाङमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। सभापति पदमा अनेरास्ववियुका तर्फबाट उम्मेदवार तिलक चन्द्र बोहरा विजयी भएका छन्।

बोहराले १२५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक बहादुर बोहरालाई ३ मतले पछि पारेका हुन्। विवेकले १२२ मत प्राप्त गरे। सभापति पदका अन्य उम्मेदवारहरूमध्ये अखिल (क्रान्तिकारी)का मान बहादुर धामीले ५९ मत र अखिल (समाजवादी)का प्रबिन बहादुर महरले २ मत प्राप्त गरे।

अन्य पदको नतिजा यस प्रकार छ:

सचिव पदमा नेविसंघका लक्ष्मीराज जोशी विजयी भए। उनले १२२ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)की अञ्जना कामीले ९३ मत र अनेरास्ववियुका धु्रवराज जोशीले ८९ मत प्राप्त गरे।

कोषाध्यक्ष पदमा नेविसंघकी स्मृति कुमारी सिंह विजयी भइन्। उनले १२२ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुकी शारदा बोहराले ९९ मत र अखिल (क्रान्तिकारी)की रमा कुमारी जोशीले ७० मत प्राप्त गरे।

सदस्य पदमा नेविसंघका आशिका जोशी, सबिता बम, चाँदनी उपाध्याय, धनिसा बोहरा र धनसरा रोकाया विजयी भए।

निर्वाचन समितिका अनुसार क्याम्पसमा स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज