कञ्चनपुर- कञ्चनपुरमा शैक्षिक प्रविधि सम्बन्धी छलफल कार्यक्र सम्पन्न भएको छ ।
नोट स्विफ्ट प्राइभेट लिमिटेडले आयोजना गरेको उक्त तालिम आज महेन्द्रनगरमा सम्मान भएको हो
नेपालको शिक्षा प्रणालीमा प्रविधि समावेशीकरणको उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
नेपालको शिक्षा क्षेत्रको भविष्यका लागि भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, सुदूरपश्चिम शाखाका प्रतिनिधि राम दत्त भट्ट, सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेत, सुदूरपश्चिम विश्वविद्यालयकी उप–प्राध्यापक निशा भट्ट, वेद एपका निर्देश द्वा, श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथ, तथा नोट स्विफ्ट प्राइभेट लिमिटेडका संस्थापक एवं (सिइओ) विकास पाण्डेय लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा ग्रामीण शिक्षा प्रणालीमा विद्यमान चुनौतीहरूको पहिचान गर्दै प्रविधिमैत्री समाधानहरूबारे गहन छलफल गरिएको थियो। वक्ताहरूले डिजिटल प्रविधिको प्रयोगमार्फत शिक्षा प्रणालीमा गुणात्मक सुधार ल्याउन सकिने विषयमा आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए। विशेषतः नेपालका दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई प्रविधिको सहायताले कसरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा केन्द्रीय छलफल भएको थियो।
नोट स्विफ्टका सिइओ विकास पाण्डेयले कार्यक्रममा बोल्दै, “ग्रामीण नेपालमा शिक्षाको पहुँच र गुणस्तर सुधार गर्नु हाम्रो मुख्य उद्देश्य हो। यसका लागि एड-टेक समाधानहरूलाई नीति निर्माणमा समावेश गर्नुपर्छ,” भन्ने धारणा राखे।
कार्यक्रमबाट प्राप्त सिफारिस, निष्कर्ष, र छलफलहरू समेटिएको विस्तृत प्रतिवेदन चाँडै नीति निर्माताहरू समक्ष पेश गरिने तथा डिजिटल शिक्षाको प्रवर्द्धनका लागि कार्य योजनाहरूको निर्माण गरिने जानकारी समेत आयोजक संस्थाद्वारा दिइएको छ।
नोट स्विफ्ट प्राइभेट लिमिटेडले डिजिटल शिक्षा, कृत्रिम बुद्धिमत्ता, र प्रविधिको प्रयोगमार्फत शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ। यस कार्यक्रमलाई डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण गरिने छ , जसले देशभरका सरोकारवालाहरूलाई जोड्न सफल भइने आयोजक पक्षले जनाएको छ।

