दार्चुला— जिल्ला प्रहरी कार्यालय दार्चुलाले ट्राफिक दुर्घटना न्युनिकरण र सचेतना बढाउन ‘ट्याक्टर बहस’ कार्यक्रम सुरू गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको नवप्रर्वतनिय कार्यक्रम अन्तर्गत बिहीवार शैल्यशिखर–९, गोकुलेश्वरमा ट्याक्टर धनी र चालकहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले ट्र्याक्टर दुर्घटनाबाट जोगिन अपनाउनुपर्ने सावधानीहरूबारे प्रशिक्षण दिए। शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, चालक, व्यवसायीसहित ७४ जना सहभागी थिए।

