Advertisement

नेपाल पत्रकार महासंघ शाखा बझाङद्वारा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमणप्रति ध्यानाकर्षण

Advertisement

धनगढी- नेपाल पत्रकार महासंघ शाखा बझाङले अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको घटनाप्रति ध्यानाकर्षण गराएको छ।

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको घटनाप्रति महासंघले आज (सोमबार) बझाङका प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठी मार्फत प्रधानमन्ती केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको हो।

उक्त घटनामा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको छ, भने अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय,,कान्तिपुर टेलिभिजनको भवन, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड भएको छ। त्यस्तै पत्रकार दिनेश गौतममाथि आक्रमण हुनुका साथै फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ ।

पत्रकार महासंघले घटनाको गहिरो अनुसन्धान गरी दोषीहरूलाई फौजदारी अभियोगमा कारबाही गर्न, मृतक पत्रकारका परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि आक्रमण गर्नेहरूमाथि कानुनी कारबाही गर्न, क्षतिग्रस्त सञ्चारगृहलाई उचित क्षतिपूर्ति दिन र घाइते पत्रकारहरूको शीघ्र उपचारको व्यवस्था गर्न जोडदार माग गरेको छ।
महासंघले विगतमा भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी कारबाही गर्न तथा भविष्यमा सञ्चारकर्मीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ।
महासंघले आफ्ना मागहरू एक साताभित्र सम्बोधन हुनुपर्ने बताउँदै अन्यथा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डिबी बिष्टद्वारा जारी विज्ञप्तिमा सरकारले प्रेस स्वतन्त्रता सुरक्षाका लागि ठोस कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज