Advertisement

नेपाल पत्रकार महासंघ शाखा बझाङद्वारा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमणप्रति ध्यानाकर्षण

Advertisement

धनगढी- नेपाल पत्रकार महासंघ शाखा बझाङले अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको घटनाप्रति ध्यानाकर्षण गराएको छ।

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको घटनाप्रति महासंघले आज (सोमबार) बझाङका प्रमुख जिल्ला अधिकारी कैलाश बहादुर ठकुराठी मार्फत प्रधानमन्ती केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको हो।

उक्त घटनामा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको छ, भने अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय,,कान्तिपुर टेलिभिजनको भवन, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड भएको छ। त्यस्तै पत्रकार दिनेश गौतममाथि आक्रमण हुनुका साथै फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ ।

पत्रकार महासंघले घटनाको गहिरो अनुसन्धान गरी दोषीहरूलाई फौजदारी अभियोगमा कारबाही गर्न, मृतक पत्रकारका परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि आक्रमण गर्नेहरूमाथि कानुनी कारबाही गर्न, क्षतिग्रस्त सञ्चारगृहलाई उचित क्षतिपूर्ति दिन र घाइते पत्रकारहरूको शीघ्र उपचारको व्यवस्था गर्न जोडदार माग गरेको छ।
महासंघले विगतमा भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी कारबाही गर्न तथा भविष्यमा सञ्चारकर्मीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि सरकारसँग माग गरेको छ।
महासंघले आफ्ना मागहरू एक साताभित्र सम्बोधन हुनुपर्ने बताउँदै अन्यथा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डिबी बिष्टद्वारा जारी विज्ञप्तिमा सरकारले प्रेस स्वतन्त्रता सुरक्षाका लागि ठोस कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज